३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

शेयर बजार : नेप्से पुनः ओरालो

शेयर बजार : नेप्से पुनः ओरालो
अ+ अ-

काठमाडौं । सोमबार सामान्य अङ्कले बढेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.४२ विन्दुले घटेर एक हजार १३४.५६ विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.४० विन्दुले घटेर २४८.४१ विन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर रु २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरिद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार ३.६३, होटल १३.४८ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ४.१७, विकास बैंक ४.७८, जलविद्युत् ९.७७, वित्त १.८६, निर्जीवन बीमा ३२.५२, उत्पादन १७.८८, अन्य ५.९४, लघुवित्त ७.८६ र जीवन बीमा ६४.८६ विन्दुले घटेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा आज सानिमा बैंकको शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु तीन करोड १६ लाख ९४ हजार ३१४ मा खरीद बिक्री भएको छ । यस्तै, सिद्धार्थ बैंक लिमिटेडको संस्थापक शेयर रु तीन करोड १२ लाख ८८ हजार ८५२, शिवम सिमेन्ट रु एक करोड आठ हजार ५६३, प्रभु बैंक रु ७३ लाख २२ हजार ४७२, सिद्धार्थ बैंक रु ६१ लाख ७३ हजार ३५३ र नबिल बैंकको रु ६० लाख ६७ हजार ३९३ कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार खानीखोला हाइड्रोपावरका शेयरधनीले ८.१६ प्रतिशतले कमाउँदा घोडाघोडी लघुवित्त वित्तीय संस्था ३.९८, विशाल बजार कम्पनी ३, श्री इन्भेस्टमेन्ट फाइनान्स २, प्रभु इन्स्योरेन्स कम्पनी २ र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले १.९८ प्रतिशतले कमाएका छन् । यस्तै, रैराङ हाइड्रोपावर ७२७, कञ्चन डेभलपमेन्ट बैंक ४.९१, सिभिल लघुवित्त वित्तीयसंस्था ४.९०, तिनाऊ मिशन डेभलपमेन्ट बैंक ३.६५ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी ३.६३ प्रतिशतले गुमाएका छन् ।