• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ

दसैंमा देशभर ‘रुट पर्मिट’ खुल्ला: ठूला मालवाहकलाई नारायणगढमा रोक



काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै दसैंको लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउने उद्देश्यले १२ असोज देखि १९ गतेसम्म रुट परमिट खुल्ला गरेको जनाएको छ । विभागले यात्रुको चाप धेरै हुने समयमा आवागमन सहज होस भनेर बाटो इजाजत पत्र (रुट पर्मिट) खुल्ला गरिएको जनाएको छ । अब शहरमा गुड्ने सवारी पनि सजिलै अर्को ठाउँमा आवत जावत गर्न पाउने भएका छन् ।

विभागले रुट पर्मिटको दुरुपयोग नहोस् भन्ने उद्देश्यले ७ दिन मात्र खुला गरे पनि आवश्यक परेमा अवधि बढाउन सकिने पनि जनाएको छ । सरकारले ट्राफिक व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै रुट परमिट खुला गरिएको अवधीमा काठमाडौं भित्रने ठूला मालबाहक सवारी साधनलाई चितवनको नारायणगढदेखि आवागमनमा रोक लगाइने निर्णय समेत गरेको छ । विभागको सूचनामा आवागमनमा रोक लगाइएको उल्लेख छ ।

विगतका वर्षहरुमा पनि सरकारले दसैंको समयमा सवारीको रुट पर्मिट खुल्ला गर्ने गरेको थियो । रुट पर्मिट खुल्ला गर्नाले यात्रुको चाप कम हुने रुटका सवारी धेरै यात्रु भएको रुटमा गएर पनि सेवा दिने गरेका छन् । सरकार र यातायात व्यवसायीबीचको सहमति अनुसार दशैंका लागि ५ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाइएको छ ।

उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, र लगनखेल लगायतका स्थानबाट अग्रिम बुकिङ टिकट वितरण भइरहेको छ । सर्वसाधरणले भने सहज रुपमा टिकट नपाइरहेको गुनासो गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले टिकट अभाव हुन नदिने बताएका छन् । ‘टिकट नपाएर टिका रोकिने हो कि भनेर डराउनै पर्दैन, हामीे दशैंमा पनि टिकट पाउने व्यवस्था गछौं,’ उनले राजधानीसँग भने, ‘तर हामीले सरकारसँग सडक बाटो बनाउन आग्रह गरेका छौं, सडक बाटो बिग्रिएर रोकिने अवस्था आयो भने गाह्रो छ।’ राजधानी दैनिकबाट