७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री चौधरीसँग जापानी राजदूत मायदाको भेटवार्ता



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपालको कृषि क्षेत्रको विकास, आधुनिकीकरण र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

त्यस अवसरमा मन्त्री चौधरीले सन् १९५४ देखिको महत्त्वपूर्ण र विश्वासिलो विकास साझेदारको रूपमा जापानले पु¥याएको सहयोगको प्रशंसा गर्दै नेपालको बागवानी विकास, बीउविजन सुधार परियोजनामा जापान सरकार र जाइकाले गरेको योगदानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले व्यवस्थित क्षेत्रीय कृषि बजार निर्माण र उच्च प्रविधिको दुग्ध प्रशोधन प्लान्ट स्थापनाका लागि सहयोगको अपेक्षा गर्दै बीउविजन, जैविक विषादी र मिश्रित मल उत्पादनमा जापानी लगानी र प्रविधि भित्र्याउन पहलको अनुरोध गर्नुभयो ।

मन्त्री चौधरीले जापानमा रहेका तीन लाखभन्दा बढी नेपाली नागरिकले दुई देशको सम्बन्धलाई जनस्तरमै प्रगाढ बनाएको उल्लेख गर्दै राजदूत मायदाको कार्यकालमा नेपाल–जापान आर्थिक सहकार्य, व्यापार र लगानीले थप नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँहरुबीच कृषि अनुसन्धान, कृषि अध्ययनरत विद्यार्थीहरूका लागि ‘लर्न एण्ड अर्न’ कार्यक्रम, धान खेतीमा यान्त्रीकीकरणलगायत आधुनिक कृषि प्रणालीमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।