२५ असार २०८३, बिहीबार
,
Latest
सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव स्वदेशी उच्च शिक्षाको प्रवद्र्धन गर्न ‘नेपाल हाइअर एजुकेशन फेयर’ हुने फैसला कार्यान्वयनका लागि सरोकारवाला निकायबीच समन्वय आवश्यकः मुख्य रजिस्ट्रार पौडेल सरकार मुलुकमा सुशासन कायम गर्न प्रतिवद्ध भएर लागेको छः शिक्षामन्त्री पोखरेल सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छः वर्षमान पुन सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत रूपमा पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले स्वच्छ राख्न अर्थमन्त्री खतिवडाको निर्देशन



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राजस्व प्रशासनलाई स्वच्छ राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । राजस्व प्रशासनमा पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले भन्सारका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षणमा पुगेका अर्थमन्त्री डा.खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरी नेपाल भ्रमण वर्ष २०२० को तयारी गरिने बताए ।

विमानस्थलमा अन्य निकायको समेत समन्वय हुने भएकाले प्रभावकारी, छिटोछरितो र सहज रुपमा सेवा दिनुपर्ने उनको भनाइ छ । मन्त्री खतिवडाले विमानस्थलमा भौतिक पूर्वाधारको समस्यालाई नागरिक उडड्यन प्राधिकरणसँग सहकार्य गरेर व्यवस्थापन गरिने स्पष्ट पारे । उनले भन्सारमा रहेका मालवस्तु तथा सामानको समयमै निकासी तथा लिलामी गरी काम नलाग्ने सामान स्टलमा नराख्नसमेत निर्देशन दिए ।




भर्खरै