• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाए



सिमकोट । आज हुम्लाका ५०५ बालबालिकाले मोर्डना खोप लगाएका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्लाले एक दिन ढिला गरी १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई मोर्डना खोप लगाउने अभियान सुरु गरेको छ । आइतबार मात्रै यहाँका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खोप वितरण गरेको थियो । 

सिमकोट गाउँपालिकामा रहेका तीन विद्यालयका विद्यार्थीलाई मात्रै आज पहिलो दिन खोप लगाएको छ । सिमकोट गाउँपालिका–७ मा रहेको कैलाश, सदरमुकाम सिमकोटका बालमन्दिर र मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थीलाई खोप लगाएर अभियान सुरु गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नयन भण्डारीले जानकारी दिनुभयो । बालमन्दिर माध्यामिक विद्यालयका १८३ जना र मानसरोवर माध्यामिक विद्यालयका ३२२ जना विद्यार्थीले खोप लगाएको संयोजक भण्डारीले बताउनुभयो । 

मानसरोवर माध्यामिक विद्यालयका बालबालिकालाई खोप लगाउने काय सम्पन्न भएको र भोलि बाँकी रहेका बालमन्दिर र भीमसेन आधारभूत विद्यालयका साथै बोर्डिङ् तथा निजी विद्यालयका विद्यार्थीलाई मोर्डना खोप लगाइने भएको छ । 

स्वास्थ्य सेवा कार्यालय हुम्लाले मानसरोवर उच्च माध्यामिक विद्यालयका लागि ४०० डोज, बालन्दिर माध्यामिक विद्यालयका लागि ३५० डोज, कैलाश माध्यामिक विद्यालयका लागि ३५० डोज र रामदेब माध्यामिक विद्यालयका लागि १९० डोज खोपसहित आइतबार स्वास्थ्यकर्मी परिचालन गरिएको छ । गाउँपालिकाका खोप केन्द्रतर्फ पनि खोप लिएर स्वास्थ्यकर्मी गइसकेकाले खोप केन्द्रमा पुग्ने बित्तिकै सुरु गरिने बताइएको छ । 

हुम्लामा ६३७ भाइल खोप आएको छ । यसबाट छ हजार ३७० बालबालिकाले मात्र भ्याक्सिन लगाउने पाउनेछन् । खार्पुनाथ गाउँपालिकालाई ७२०, ताँजाकोटलाई ८३० र अदानुली गाउँपालिकालाई एक हजार ८० डोज उपलब्ध गराइएको छ । जिल्लाका ४४ मध्ये ४१ वडाका खोप केन्द्रमा यो अभियान सञ्चालन गरिएको छ । 

मोडर्ना खोप लगाउनुपर्ने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका हुम्लामा नौ हजार ६२१ छन् । हुम्लामा खोप अभियान पुस १४ गतेसम्म सञ्चालन हुने र पहिलो मात्रा खोप लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा लगाउने भएका छन् । हिमपात र चिसोका कारण यसअघि नै जिल्ला खोप समन्वय समितिको वैठकले नाम्खा गाउँपालिकाका–४, ५ र ६ मा यस पटक लगाउन नसकिने र पछि उपयुक्त समयमा लगाइने निर्णय गरेको छ ।