३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दुई कम्युनिष्ट पार्टीको विचारधारात्मक बैठक : सिक्ने र सिकाउने ऐतिहासिक अवसर

दुई कम्युनिष्ट पार्टीको विचारधारात्मक बैठक : सिक्ने र सिकाउने ऐतिहासिक अवसर
अ+ अ-

काठमाडौं । नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीले पहिलो पटक विचार आदानप्रदान गर्ने गरी काठमाडौँमा आयोजना गरेको विचारधारात्मक बैठक आपसमा सिक्ने र सिकाउने ऐतिहासिक अवसर बन्न पुगेको नेकपाका नेताहरुले बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा वर्तमान राष्ट्रपति सी चिन फिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल सोमबार र मङ्गलबार यहाँ आयोजना भएको थियो । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्चस्तरका नेता एबं चिनिया कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओसहितका नेता तथा विज्ञको सहभागिता थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय पार्टी स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको संयुक्त आयोजनामा भएको उक्त बैठक विचार र आपसी सिकाई आदानप्रदानका हिसाबले महत्वपूर्ण भएको नेताले प्रतिक्रिया दिएका छन् ।

नेपाल र चीनको ७० वर्ष पुरानो भाइचाराको सम्बन्ध रहेको र नेपाल चीन सम्बन्ध राजकीय पार्टी हुनुको नाताले मात्रै होइन, विचारधारात्मक दृष्टिकोणले पनि उच्च रहेको नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताउनुभयो ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन जाँदा मनमोहन अधिकारीलाई माओत्सेतुङ स्वयंले विमानस्थलमा स्वागत गर्नुभएको प्रसङ्ग जोड्दै दुई पार्टीबीचको सम्बन्ध कति पुरानो थियो भन्ने प्रष्ट हुने बताउनुभयो ।

क्रान्तिको चरण माओत्सेतुङको नेतृत्वमा भयो भने चिनियाँ विशेषतासहितको समाजवाद त्यसपछिका नेताहुँदै सी चिन फिङसम्म आइपुगेको छ । पार्टी स्थापनाको १०० वर्ष र नयाँ चीन निर्माण गरेर अगाडि बढेको ७० वर्ष पुगेको उपलक्ष्यमा आयोजना भएको यो ऐतिहासिक कार्यक्रम सिकाइको महत्वपूर्ण चरण भएको नेता थापाको विश्लेषण छ ।

“यो विचारधारात्मक छलफल हो, चिनियाँ कम्युनिष्ट पार्टीले प्रशिक्षण दिएको भन्ने हिसाबले अपव्याख्या गरिएको छ, त्यो होइन, चीन समृद्धि, आधुनिकीकरण, विकास र गरीबी निवारणको जुन उचाइमा पुगेको छ, हाम्रो जस्तो विकासशील र कतिपय अल्पविकसित राष्ट्रका लागि ती अनुभवहरु महत्वपूर्ण हो”, थापाले भन्नुभयो ।

सन् २०१४ बाट चीनले शुरु गरेको नयाँ योजना वेल्ट एण्ड रोड इनिसियटिभ (विआरआई) ले संसारका विभिन्न देशलाई एउटै कनेक्टीभिटीमा जोडेर जुन विकास विस्तारको कुरा अगाडि बढाएको छ, त्यसको सहभागी छिमेकी देश र हिमालय वारपारको सम्बन्ध भएको देशका हिसाबले पनि चीनसँग महत्वपूर्ण र समस्यारहित सम्बन्ध नेपालसँग रहेको नेताको भनाइ छ ।

अहिलेको कार्यक्रम चिनियाँ अनुभव हामीले र हाम्रा अनुभव चिनियाँ पक्षले सिक्ने र सिकाउने मात्रै भएकाले अब सी को विचारधारामा ढल्कियो भनेर मित्थ्याको चर्चा गरिएको उल्लेख गर्दै नेता थापाले भन्नुभयो, “हामीले ‘सी’ को विचारधारा चिनियाँ अनुभवका रुपमा मात्रै लिएका छौँ, त्यो विचारधारालाई अवलम्बन गर्ने कुनै छलफलको विषय बनेको छैन, चीनलाई बलियो बनाउने चिजबाट सिक्नुपर्ने धेरै छ, यसले पार्टी–पार्टीस्तरको सम्बन्धलाई पनि अझै उचाईमा पुर्याउँछ ।”

नेताहरुले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यका साथ अगाडि बढेको नेपालका लागि आधुनिकीकरण, विकास, गरीबी निवारण र पछौटेपनको अन्त्यका निम्ति चिनियाँ अनुभव सिक्न लायक रहेको बताएका छन् ।

नेकपाका स्थायी कमिटी सदस्य पम्फा भूषालले पहिलो पटक आयोजना गरिएको छलफल ऐतिहासिक भएको स्मरण गर्दै चीनबाट सिक्ने यो महत्वपूर्ण अवसरको रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैचारिक राजनीतिसँगै समाजवाद निर्माणमा आर्थिक, सामाजिक, साङ्गठनिक विधि र परिचालनका सम्बन्धमा यसले हामीलाई पुनः स्मरण गरिदिएको छ ।”

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले आर्थिक विकासलाई कसरी अगाडि बढाउने भन्नेमा चिनियाँ अनुभवले नेपालमा ठूलो भूमिका खेल्ने बताउनुभयो । “स्वभाविक रुपमा चीनको आर्थिक विकासको स्थिति के हो ? पार्टी अनुशासन कसरी पालना गर्नुपर्छ ? पार्टीका नेताले जनतासँग कस्तो सम्बन्ध बनाउनुपर्छ भन्ने कुरा यो रेफरेन्स हो, उनीहरुको अनुभव लिने हो, आफूलाई अनुकूलअनुसार प्रयोग गर्ने र त्रुटि सच्याउने हो ।”

नेकपाको स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले चीनबाट अनुभव सिक्ने कुरा गरेको भन्दै सी चिन फिङको विचार मान्ने कुरा नगरेको उल्लेख गर्दै यसअघि पनि विभिन्न पार्टीसँग अन्तरक्रिया गर्दै आएको जानकारी गराउनुभयो ।

उक्त बैठकमा सहभागी हुँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीको स्कूल विभाग प्रमुख ईश्वर पोखरेललगायतका नेताहरुले छिमकी चीनको समृद्धि र विकासको नमूना अनुशरणयोग्य रहेको, नेपाली मौलिकताको समृद्धिका लागि यस्ता कार्यक्रम उपलब्धिपूर्ण हुने र दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका सदस्य काउ लीले सी चिन फिङको विचारधारा भनेको नयाँ युगको चिनियाँ विशेषतायुक्त विचारधारा भएको उल्लेख गर्दै दुई पार्टीबीचको पहिलो छलफल वैचारिक आदानप्रदानका हिसाबले कोशेढुङ्गा सावित भएको स्मरण गर्नुभएको छ ।

उक्त बैठकमा चिनियाँ विशेषतासहितको समाजवाद, चीनको गरीबी निवारणमा भएको प्रयास, विआरआइ र यसको उद्देश्य, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा चीनले गरेका क्रियाकलापका बारेमा चिनियाँ विज्ञ तथा कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्यहरूले प्रस्तुति दिनुभएको थियो । टोली आज स्वदेश फर्किएको छ ।