• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

काठमाडौंबाट पेस्तोलसहित ४ जना पक्राउ



काठमाडौं । महानगरीय प्रहरीले काठमाडौंबाट पेस्तोल र ६ राउन्ड गोलीसहित ४ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका ९ शम्भुमार्गस्थितएभरेष्ट होलिडे इन होटलबाट ४ जनालाई बुधबार विहान साढे ११ बजे महानगरीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बालुवाटार बस्ने उदयपुर कटारीका भीम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भीमबहादुर माझी, बल्खु बस्ने सिन्धुलीकै प्रदीप माझी र सीतापाइला बस्ने लोकेन्द्रबहादुर आले रहेका प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट प्रहरीले एउटा पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित म्यागजिन बरामद गरेको छ ।