२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेस प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टी नीतिगत स्पष्ट भएर मात्र समग्रतामा समयको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टीले नीतिसँगै व्यवहारिक कार्यशैलीमा सुधार गर्न सकेमात्र बदलिँदो समयको नेतृत्व गर्नसक्ने कुराको प्रमाण आजको पार्टी भएको बताउनु भयो । उहाँले उहाँले मुलुक र नागरिकको समस्या समाधानमा पार्टीको नीति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुलको वर्तमान राजनीति अपेक्षाकृत ढंगले अघि बढ्न नसकेकोप्रति चिन्ता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस नीतिगत रुपमा स्पष्ट पार्टी हो, त्यसमा कुनै शंका छैन । हामी त्यही स्पष्ट नीति बोकेको पार्टीका कार्यकर्ता हौँ । हाम्रा सारथिहरु आदरणीय हुनुहुन्थ्यो । तर नीतिगत स्पष्टता बोकेको पार्टीले मात्रै समग्रतामा सम्पूर्ण समयको नेतृत्व गर्न नसक्दो रहेछ भन्ने कुराको प्रमाण आजको पार्टी पनि हो । त्यसैले नीतिगत स्पष्टता सँगसँगै व्यवहारमा देखिने गरी आफूलाई प्रश्तुत गराउनसक्ने पार्टी र नेतृत्व पनि हो । त्यसकारण हामीले समयको पदचापलाई बुझेर पार्टीलाई नीतिगत स्पष्टता दिएर मात्र होइन व्यवहारिक रुपमा थप स्पष्टता दिँदै कार्यकर्तालाई विश्वासको चाङमाथि उभ्याएर अगाडि बढाउनसक्ने क्षमाता पनि हामीेले बोक्न सक्नुपर्छ ।’

उहाँले वर्तमान राजनीति बाँचुञ्जेलसम्म ऋण काढेरै भएपनि घ्यू भातै खाउँ भन्ने तरिकाले चलिरहेको टिप्पणी गर्नुभयो ।