२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ



अ+ अ-

काठमाडाैँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली काँग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताउनुभएको हो । उहाँले प्रदेश सरकारमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता नेपाली काँग्रेसको आन्तरिक विवादका कारण उत्पन्न भएको दाबी गर्नुभयो ।

उहाँले काँग्रेसभित्रको मतभेद छिट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सरकारको निरन्तरता कायम राख्नु रहेको स्पष्ट पार्नुभयो । उहाँले एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने दाबी गर्नुभयो । वर्तमान सरकार टिक्न नसके एमाले सरकारबाट बाहिरिने र प्रतिपक्षको भुमिकामा रहने उहाँको भनाइ छ ।

वर्तमान सरकार नरहेको खण्डमा एमाले बाहेकको सरकार प्रदेशमा बन्नसक्ने बताउनु भयो । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको समस्याका कारण प्रदेशमा काँग्रेस–एमालेबीचको सत्ता समिकरण अन्योलमा परेको छ । सुदूपश्चिमका मुख्यमन्त्री कमल बहादुर साहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् भने कर्णालीमा काँग्रेसका सांसदहरुले मुख्यमन्त्री यमलाल कँडेल विरुद्ध अविश्वासको प्रश्ताव दर्ता गराएका छन् ।