१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल

नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। अविरल वर्षाका कारण नुवाकोटका विभिन्न क्षेत्रमा पहिरो तथा वर्षाजन्य विपद्का घटना बढ्दै गएपछि नुवाकोट-१ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग तीव्र समन्वय र पहल अघि बढाउनुभएको छ ।

जिल्लाको दुप्चेश्वर गाउँपालिका, सूर्यगढी गाउँपालिका, तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिकालगायत क्षेत्रमा पहिरो र वर्षाजन्य विपद्का घटना भएका जानकारी प्राप्त भएपछि मन्त्री तिमिल्सिनाले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधिहरूसँग तत्काल समन्वय गरी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको हो ।

उहाँले घटनास्थलको स्थलगत अनुगमन, नागरिकको सुरक्षा सुनिश्चितता, आवश्यक उद्धार तथा राहत कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न र क्षतिको यथार्थ विवरण सङ्कलन गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा अन्य सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वय गरिरहनुभएको उहाँको सचिवालयले जनाएको छ ।

त्यसैगरी दुप्चेश्वर, सूर्यगढी तथा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष एवं स्थानीय जनप्रतिनिधिसँग प्रत्यक्ष संवाद गरी घटनास्थलको वस्तुस्थिति बुझ्ने, तत्काल आवश्यक सहयोगको व्यवस्थापन गर्ने तथा राहत, पुनस्र्थापना र पुनर्निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा आवश्यक समन्वय भइरहेको सचिवालयले जनाएको छ ।

यसैबीच, डा तिमिल्सिनाले सडक डिभिजन कार्यालय, नुवाकोटका प्रमुख इञ्जिनियर बद्री शर्मासँग मन्त्रालयमा भेट गरी अविरल वर्षाका कारण सडक, यातायात तथा अन्य पूर्वाधारमा पुगेको क्षतिबारे जानकारी लिनुभएको छ । भेटका क्रममा उहाँले अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन, प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा सहज पहुँच सुनिश्चित गर्न र आवश्यक मर्मत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ तीव्र गतिमा अघि बढाउन निर्देशन दिनुभएको सचिवालयले जनाएको छ ।

सञ्चारमन्त्रीले प्रमुख जिल्ला अधिकारीसँग पनि प्रत्यक्ष सम्पर्क गरी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिँदै उद्धार, राहत, सडक सञ्चालन तथा अन्य अत्यावश्यक सेवाहरूलाई शीघ्र नियमित सञ्चालन गराउन आवश्यक समन्वय भइरहेको बताउनुभएको छ । आवश्यकता अनुसार थप हस्तक्षेप तथा सहयोगका उपायबारे सम्बन्धित निकायसँग निरन्तर छलफल गरिने मन्त्रालयले जनाएको छ ।

हाल सम्बन्धित निकायहरू प्रभावित क्षेत्रमा परिचालित भई उद्धार, राहत वितरण, क्षतिको विवरण सङ्कलन तथा अन्य आवश्यक कार्यमा सक्रिय रूपमा खटिएका जनाइएको छ । प्राप्त विवरणका आधारमा प्रभावित क्षेत्रका समस्याको दीर्घकालीन तथा दिगो समाधानका लागि आवश्यक अध्ययन, समन्वय तथा पहलसमेत अघि बढाइने सञ्चारमन्त्री डा तिमिल्सिनाको सचिवालयले जनाएको छ । रासस