१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न

पूर्व–पश्चिम राजमार्गमा ‘ल्याण्डमार्क’ पुल निर्माण जारीः रतुवा पुलको भौतिक प्रगति ५० प्रतिशत सम्पन्न
अ अ+ अ-

काठमाडाैँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका ठूला र लामा पुलहरूलाई ‘ल्याण्डमार्क ब्रिज’ का रूपमा विकास गर्ने सडक विभागको नीति अनुरूप झापाको रतुवा खोलामा आकर्षक पुल निर्माण जारी छ ।

काँकडभिट्टादेखि लौहीपुरसम्मको ९५ किलोमिटर सडक खण्डमा निर्माण भइरहेका ६ वटा ठूला पुलमध्ये ५ सय ८५ मिटर लामो रतुवा पुलको निर्माण कार्य ५० प्रतिशतभन्दा बढी सम्पन्न भएको हो । कोरियाली परामर्शदाता कम्पनी ‘सोसुङ’ ले डिजाइन गरेको यो पुल आधुनिक ‘आर्च स्टिल ट्रस’ प्रविधिमा आधारित छ ।

पुलको कुल चौडाइ १६.५ मिटर रहने काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतीले बताउनु भयो । जसमा डबल लेनसहित सर्भिस लेन र फुटपाथको समेत व्यवस्था गरिएको र पुललाई कलात्मक र बलियो बनाउन ८७ देखि ९० मिटरसम्मका लामा स्पानहरू राखिएका जानकारी दिनुभयो । उहाँकाअनुसार यसमा प्रयोग गरिएको ४१० र ४२० ग्रेडको उच्च गुणस्तरको स्टिल चीनबाट आयात गरिएको हो ।

पुल निर्माणका लागि आवश्यक स्टिलका सामग्रीहरू तयार गर्न निर्माण व्यवसायीले मोरङको उर्लाबारीमा उच्च प्रविधियुक्त ‘फ्याब्रिकेसन यार्ड’ स्थापना गरेका छन् । उक्त यार्डमा सीएनसी मेसिनमार्फत कम्प्युटराइज्ड कटिङ र नियन्त्रित वेल्डिङको काम भइरहेको छ । नेपालमै पहिलो पटक यति ठूलो आकारको ग्याल्भेनाइजेसन ट्याङ्क निर्माण गरी पुलका संरचनाहरूलाई खिया नलाग्ने बनाउने (ग्याल्भेनाइजेसन) काम भइरहेको छ ।

लोहेन्द्र, बक्रा र रतुवा खोलाका तीनवटा पुलहरूलाई एउटै प्याकेजमा राखेर ठेक्का लगाइएको छ । यी तीनवटै पुलको कुल निर्माण लागत करिव साढे ५ अर्ब रुपैयाँ रहेको छ । कोबेक, सीआरइजिसी र तुँदी जेभीले निर्माण गरिरहेको यस परियोजनामा स्टिलको काम चिनियाँ प्राविधिकहरूले र पिएससी गर्डरको काम नेपाली निर्माण कम्पनी तुँदीले गरिरहेका छन् ।सम्झौता अनुसार सन् २०२७ फेब्रुअरी २ सम्ममा पुलको निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रजापतीकाअनुसार वर्षा याममा चीनबाट स्टिल ढुवानी गर्न सडक अवरोधका कारण केही समस्या देखिए पनि अन्य प्राविधिक र समन्वयका कार्यहरू सुचारु रहेका छन् । विद्युतीय तार स्थानान्तरण लगायतका समन्वयका कामहरू सम्पन्न भइसकेका छन् । करिव ८० वर्ष आयु हुने अनुमान गरिएको यो पुलले आगामी ५० वर्षसम्मको सवारी चापलाई सहजै धान्न सक्ने प्राविधिकहरूको दाबी छ । हाल प्रयोगमा रहेको करिव ५० वर्ष पुरानो पुलको विकल्पमा यो नयाँ संरचना तयार भएपछि पूर्व–पश्चिम राजमार्गमा आवागमन थप सहज र सुरक्षित हुने विश्वास लिइएको प्रजापतीले बताउनु भयो ।