२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ औँ महाधिवेशनलाई सर्वसम्मत बनाउन काँग्रेसभित्र आन्तरिक संवाद जारीः उपसभापति शर्मा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र वृहत छलफल र संवाद भइरहेको जानकारी दिनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पार्नुभएको हो ।

उपसभापति शर्माले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताउनु भयो । १५ औँ महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्रीबीच सकारात्मक संवाद भइरहेको उहाँको भनाइ छ ।

उपसभापति शर्माले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीको आन्तरिक जीवनका विषयमा के हुँदैछ भन्नेबारे म स्पष्ट पार्न चाहन्छु । पार्टीका आदरणीय सभापति गगनकुमार थापा, सिङ्गो नेपाली काँग्रेस पार्टी र पार्टी नेतृत्वबीच नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले संवाद र छलफल भइरहेका छन् । ती संवाद तथा छलफल सकारात्मक ढङ्गले टुङ्गिनेछन् भन्नेमा हामी विश्वस्त छौँ । आन्तरिक जीवनको सन्दर्भमा आज तपाईँहरूबाट उठ्न सक्ने जिज्ञासालाई मध्यनजर गर्दै सुरुमै यो कुरा स्पष्ट गर्न चाहन्छु ।’

पार्टीभित्र भइरहेका यी छलफलहरूले सकारात्मक निष्कर्ष निकाल्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको शर्माले उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनको प्रारम्भमै उहाँले पार्टीको आन्तरिक जीवन र एकताको विषयमा सञ्चारकर्मीहरूको जिज्ञासा सम्बोधन गर्दै नेतृत्व तहमा समझदारी कायम गर्ने प्रयास भइरहेको बताउनु भयो ।