८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

विश्व पर्यटन दिवसमा प्रभातफेरी

विश्व पर्यटन दिवसमा प्रभातफेरी
अ+ अ-

काठमाडौँ । आज ४०औं विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । ‘टुरिज्म एन्ड जव्सः अ बेटर फ्युचर फर अल’ मूल नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटन व्यवसायीको सक्रियतामा दिवस भव्यताका साथ मनाउन लागिएको हो । दिवसकै अवसरमा मूल आयोजक समितिले आज बिहान प्रभातफेरी आयोजना गर्यो ।

ठमेलस्थित कर्मचारी सञ्चयकोष भवन परिसरबाट शुरु भएको झाँकी बाँजागाजासहितको र्याली नारायणहिटी दरबारको पूर्वतर्फ निर्माण गरिएको गणतन्त्र पार्कमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । र्यालीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी, निजी क्षेत्रका पर्यटन व्यवसायी, सङ्घसंस्थालगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

नागपोखरीस्थित गणतन्त्र पार्कमा अहिले औपचारिक कार्यक्रम शुरु भएको छ । पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालयले संयुक्त रुपमा आयोजना गरेको पर्यटन दिवस मूल समारोहको पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले उद्घाटन गरे । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्य तथा निजी क्षेत्रका अगुवा पर्यटन व्यवसायी संस्थाका प्रमुखले कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

विभिन्न अवार्ड वितरणका साथै गाउँ पर्यटन प्रवद्र्धन मञ्चका तर्फबाट नमूना पर्यटकीय गाउँ घोषणा गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र पर्यटन सचिव केदारबहादुर अधिकारीले विश्व पर्यटन दिवसका अवसरमा छुट्टाछुट्टै शुभकामना व्यक्त गर्दै दिवसबाट नेपाली पर्यटन क्षेत्रको विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप्नुका साथै आगामी वर्ष पर्यटन क्षेत्रका लागि सुखद वर्षका रुपमा रहोस् भनी कामना गरेका छन् ।

पर्यटनको माध्यमबाट बढीभन्दा बढी रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई मजबुद तुल्याउन तथा वातावरणको दिगो व्यवस्थापनका लागि आवश्यक सजकता अपनाउँदै यस क्षेत्रको विकास प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको शुभकामन सन्देशमा उल्लेख छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धनात्मक गतिविधि तीव्र रुपमा अघि बढेको र अभियानलाई सफल बनाउन आम समुदायको सक्रिय भूमिका चाहिने सन्देशमा भनिएको छ ।