२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षता र रुचिका आधारमा सांसदहरूलाई भुमिका दिनुपर्छः महासचिव पोखरेल



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संसदीय दलका सदस्यहरूलाई उनीहरूको रुचि र विज्ञताका आधारमा जिम्मेवारी दिनुपर्ने बताउनुभएको छ ।

सबै सदस्यहरूको सबै विषयमा समान दक्षता नहुने उल्लेख गर्दै उहाँले विषयवस्तुको ज्ञान भएका व्यक्तिलाई प्राथमिकता दिँदा मात्र सदनमा पार्टीको उपस्थिति प्रभावकारी हुने बताउनु भयो । आईतवार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विषयवस्तुमा दख्खल नभएका सदस्यहरूलाई जबरजस्ती बोल्न लगाउँदा त्यसले अपेक्षित प्रभाव पार्न नसक्ने तर्क गर्नुभयो ।

ठूलो पदमा भएकै आधारमा मात्र बोल्न दिने परिपाटीले कतिपय अवस्थामा विषयवस्तु ओझेलमा पर्नसक्ने उहाँको विश्लेषण छ ।  सूचना र प्रविधिको वर्तमान युगमा प्रश्तुति शैलीले नै मुख्य अर्थ राख्ने बताउँदै उहाँले ज्ञान र दक्षतालाई आधार बनाएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

नागरिकको जीवनस्तर र उनीहरूको बढ्दो आकांक्षाको अनुपातमा मुलुकको आर्थिक वृद्धि हुन नसक्दा पार्टी र जनताबीच केही दूरी कायम भएको उहाँको भनाइ छ ।