२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ : राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राखिनुपर्ने बताउनुभएको छ । इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘विकास निर्माणका क्रममा इतिहास, भूगोल, संस्कृति, जातीय बनोटलगायतका विविधतालाई पनि विर्सन हुँदैन । वर्तमान समयको माग एवम् नयाँ पुस्ताको चाहना र आकांक्षालाई सम्बोधन गर्ने गरी उत्पादन, रोजगारी र आर्थिक क्रियाकलापलाई पनि तिव्ररुपमा अघि बढाउनु आवश्यक छ ।’

राष्ट्रपति पौडेलले भौगोलिक रूपमा जटिल तर प्राकृतिक स्रोतसाधनले धनी हाम्रो देशलाई आज दिगो र पर्यावरणमैत्री पूर्वाधारको खाँचो रहेको भन्दै मुलुकको सामु जलवायु परिवर्तनको ठूलो चुनौतीका रुपमा रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘यस्तो अवस्थामा हाम्रा सडक, पुल र जलविद्युत् आयोजनाहरू प्राकृतिक प्रकोप प्रतिरोधी हुनुपर्दछ । हाम्रो विकास ‘हरित विकास’को सिद्धान्तमा आधारित हुनुपर्दछ ।’

उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नै हाम्रो विकास र मानवीय हितका अनेकन आयामलाई सम्बोधन गर्दछ भन्ने कुरालाई विर्सन नहुने भन्दै लोकतन्त्रको यो सौन्दर्यलाई केवल आदर्श मात्र होइन हामीले व्यवहार र आचरणमा अवलम्बन गर्न सक्यौ भने मात्र लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उदेश्य पुरा हुने बताउनुभयो ।

राष्ट्रपति पौडेलले कुनै पनि देशको भविष्य त्यस देशका युवाहरूको सोच, ऊर्जा र क्षमतामा निर्भर गर्ने भन्दै युवा मस्तिष्कको नवीन सोच र इन्जिनियरको प्राविधिक कौशलसँगै जोडिए मात्र आर्थिक समृद्घि र समृद्ध नेपालको सपना साकार हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘समयले आज त्यो दायित्व तपाईँहरूलाई सुम्पेको छ । हाम्रा दक्ष युवा इन्जिनियर रोजगारी र अवसरको खोजीमा बिदेसिने क्रम बढ्दो छ । यो देशका लागि चिन्ताको विषय हो । म सरकार र निजी क्षेत्रलाई युवा इन्जिनियर÷आर्किटेक्टका लागि स्वदेशमै पर्याप्त अवसर, उचित मूल्याङ्कन र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न आग्रह गर्दछु ।’