२२ भाद्र २०८३, सोमबार
,
Latest
हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन सहिद परिवार भन्छन्, ‘बलिदानी खेर नजाओस्’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा संयोजक दाहाल स्वदेश फिर्ता



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ ।

भ्रमणका क्रममा उहाँले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तरराष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियो ।

उद्घाटन सत्रमा संयोजक दाहालले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको संयोजक दाहालको स्वकीय सचिवालयले जनाएको छ । श्रीलङ्का भ्रमणका क्रममा संयोजक दाहालले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो ।