४ श्रावण २०८३, सोमबार
,
Latest
दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्तनेता भट्टराईको उपाधि अमिट छ : सभापति थापा



अ+ अ-
काठमाडाैँ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाली जनताले दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै नमेटिने बताउनुभएको छ।

कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले आज ललितपुरको नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति थापाले स्वतन्त्रता, लोकतन्त्र र जनअधिकारका लागि भट्टराईले पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप नेपाली जनताले उहाँलाई ‘सन्तनेता’को उपाधि दिएको उल्लेख गर्नुभयो।

उहाँले भट्टराईको त्याग, इमानदारी र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताउँदै उहाँका आदर्शलाई व्यवहारमा उतार्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

सभापति थापाले नेपाली कांग्रेसले पार्टीको अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवाको प्रतिनिधित्व सुनिश्चित गर्न नीतिगत व्यवस्था गरेको जानकारी दिँदै पार्टीलाई थप समावेशी र पुस्तान्तरणमैत्री बनाउने दिशामा कांग्रेस अघि बढिरहेको बताउनुभयो।

फरक प्रसंगमा उहाँले प्रदेश सरकार गठनका विषयमा टिप्पणी गर्दै प्रदेशमा तीनवटा ठूला राजनीतिक दल मिलेर सरकार गठन गर्नु उपयुक्त नहुने धारणा व्यक्त गर्नुभयो।