३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नेकपा वैचारिक रूपमा टाट पल्टियाेः गगन थापा

नेकपा वैचारिक रूपमा टाट पल्टियाेः  गगन थापा
अ+ अ-

जुम्ला । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वैचारिक रुपमा टाट पल्टिएकाे आरोप लगाएका छन् ।

नेका जिल्ला कार्यसमिति जुम्लाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि जुम्लाको सदरमुकाम खलंगा पुगेका नेता थापाले यस्तो बताएका हुन् ।

नेता थापाले भने,’ मुलुकलाई समृद्ध बनाउने कुनै काम गर्न नसकेपछि संविधान कार्यान्वयन गर्ने कुनै योजना नभएर जनताबाट टाट पल्टिएपछि चिनियाँ पार्टीलाई नेपाली जनतामा बेचेर बचपन चरित्र प्रस्तुत गरेको छ। यसले नेपालको स्वत्रन्त्रतामा समेत प्रश्न उठाएको छ ।’   

थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अयोग्य मात्र नभइ बेइमान रहेको आरोप लगाए । उनले भने ,’ यो सरकार अयोग्य मात्र होइन बेइमान पनि छ । यस प्रकारको समृद्धिको बहसमा जनता कहिँ पनि छैनन् । कर्णालीबासी छैनन, कर्णालीको जडिबुटि छैन, स्याउ छैन, यहाँका अस्पतालमा औषधि छैन,  विद्यालयमा शिक्षक छैन विद्यार्थी छैन र सरकार पानीजहाजको रोमान्चित गफमा भुलिरहेको छ ।’

नेता थापाले संविधान जारी भएपछिको वर्तमान व्यवस्था जोगाउन नेपाली कांग्रेसले जनताको सडकमा साथ खोजेको सुनाए । उनले भने,’ जनता संरकारसँग रिसाउन पाउछन् तर सरकारको व्यवस्था बिरुद्ध बोल्नेसँग हैनI हिजो हामीले पञ्चायत फाल्यौ राणा शासन फाल्यौ । यो व्यवस्था जोगाउन कांग्रेस जनताको साथ चाहन्छ । कांग्रेसले सडकमा जनताको साथ खोजेको छ ।’

कार्यक्रममा नेविसंघका निवर्तमान उपाध्यक्ष डिल्लिराम सुवेदीले कम्युनिष्टहरुले संचालन गरेको भय र भ्रमको खेती नाङ्गिसकेको बताए । उनले भने,’ हिजो कम्युनिष्टहरुले संचालन गरेको भय र भ्रम दुवै चिज नाङ्गिसकेको  छ र अब आउने दिन लोकतन्त्रवादीहरुको हो । ‘

खलंगामा आयोजित कार्यक्रममा हजारौंको संख्यामा स्थानीयवासी स्वतः स्फुर्तरूपमा उपस्थित भएका थिए । सिमसिम पानी परिरहेको समयमा पनि उनीहरु पानीको परवाह नगरि कार्यक्रममा बसी रहेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिहरुसहित २०० बढी मानिसहरु कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा नेकपाका जनप्रतिनिहरु  श्रीकृष्ण कामी, अच्युत महतारा लगायत थिए । नवप्रवेशीहरुले कर्णालीमाथी न्याय लोकतन्त्र र कांग्रेसले मात्र गर्न सक्ने बताए । साझको ७ बजेसम्म पार्टी प्रवेश गर्ने लामबद्ध भएर लागेका थिए । जुम्ला एयरपोर्टबाट कार्यक्रम स्थलसम्म मानिसहरुको चहल पहल थियो ।  

कार्यक्रममा नेपाली कांग्रेसका नुवाकोट सभापति जगदिश नरंसिह केसी, नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्ले, वेद बहादुर सिंह आदिको उपस्थिति रहेको थियो ।