३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा र्याफ्टिङ

पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा र्याफ्टिङ
अ+ अ-

स्याङ्जा । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाई समेत र्याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध युवाहरूले संस्थामार्फत पर्यटन प्रर्वद्धनमा सक्रिय भएर लागेका छन् ।

नेपाल सरकारले पर्यटन वर्षका रूपमा मनाउनका लागि प्रचारप्रसारमा लागिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यका साथ सरकारले मनाउन लागेको भ्रमण वर्षलाई सहयोग गर्न पर्यटनका क्षेत्रमा काम गर्ने योजनाका साथ अगाडि बढेका छन् । श्रवण कुमार र उनका मातापितासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा शनिबार पत्रकारसहितको टोलीले करीब २५ किलोमिटरको र्याफ्टिङ यात्रा गरेको हो ।

धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधीखोलामा समेत र्याफ्टिङको सम्भावना रहेकाले यसको प्रचारप्रसारका लागि र्याफ्टिङको आयोजना गरेको वाण्डरफुल वालिङका कार्यवाहक अध्यक्ष आशिषप्रताप खांँणले बताए । र्याफ्टिङ व्यवसायी तथा गाइडर सुभाष थापाले बर्खाको मौसममा अन्य नदीहरूमा पानीको बहाब बढी हुने भएकाले र्याफ्टिङ गर्न नपाइने तर आँधीखोलामा बर्खाको समयमा पानीको बहाबको मात्रा उपयुक्त हुने भएकाले बर्खाको तीन महिना साउनदेखि असोजसम्म सुरक्षित किसिमले याफ्टिङको मजा लिन सकिने बताए ।

पर्यटकीय नगरी पोखरा घुम्न आउने पर्यटकले आँधीखोलामा र्याफ्टिङको मज्जा लिन सक्ने थापा बताउछन् । उनी भन्छन्, “पोखराको नजिकै रहेको आँधीखोलामा राम्रोसँग प्रचारप्रसार गरेको खण्डमा जलयात्राको प्रचुर सम्भावना रहेको यो ठाउँ पर्यटकको आर्कषण गन्तव्य बन्न सक्छ ।”

भीरकोट नगरपालिका–१ हेलुदेखि वालिङ नगरपालिका–१३ बायेटारीसम्म करीब २५ किलोमिटरको जलयात्रालाई व्यवस्थित गर्न सके आँधीखोलामा र्याफ्टिङका माध्यमबाट रोजगारीका साथै आन्तरिक एवं बाह्य पर्यटकका माध्यमबाट राम्रो आम्दानी लिन सकिने वाण्डरफुल वालिङका सचिव गणेश राउतले बताए ।