१ श्रावण २०८३, शुक्रबार
,
Latest
मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीः साल्ट ट्रेडिङ मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता वृद्धि गर्न सरकार सकारात्मक जनकपुरका अतिक्रमित पोखरी र डिल ७ दिन भित्र खाली गर्न निर्देशन आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग एक वर्षमा २२ गैँडा मरे उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल, विश्व अभ्यास र नेपाली अनुभव समेटिने



अ+ अ-

काठमाडौं । युवा तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा युवा ऐनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयकमाथि सरोकारवालासँग छलफल गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले युवा सम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गरी प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले विधेयकबारे छलफल सुरु गरेको जनाएको छ।

छलफलमा राष्ट्रिय युवा परिषद्, नेपाल यूथ क्लब, युवा वकालत नेपाललगायत युवा क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले युवाले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानको उचित मूल्याङ्कन गर्दै सम्मानजनक सहभागिता सुनिश्चित हुने व्यवस्था ऐनमा समेटिनुपर्ने सुझाव दिएका थिए। उनीहरूले अन्य मुलुकले युवा क्षेत्रमा अवलम्बन गरेका सकारात्मक अभ्यासलाई पनि विधेयकमा समावेश गर्न आग्रह गरेका थिए।

सो अवसरमा मन्त्री यादवले विश्वका विभिन्न मुलुकमा युवा क्षेत्रमा भएका असल अभ्यासलाई अध्ययन गरी नेपालले विगतमा अवलम्बन गरेका सकारात्मक पक्षहरूसमेत समेटेर विधेयकलाई थप प्रभावकारी बनाइने बताउनुभयो।

छलफलमा मन्त्रालयका सचिव दीपक काफ्ले, पूर्वसचिव रामप्रसाद थपलिया, सहसचिवहरू बाबुराम भण्डारी र मनिता श्रेष्ठ, वैदेशिक रोजगार बोर्डका सहसचिव चन्द्रबहादुर शिवाकोटी, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दीपेश घिमिरे तथा नेपाल कानुन आयोगका उपसचिव जलेश्वर रामलगायतको उपस्थिति रहेको थियो।