१ श्रावण २०८३, शुक्रबार
,
Latest
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च, राजस्व असुली ८३ प्रतिशत बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला राष्ट्रिय युवा ऐन–२०८३ को विधेयकमाथि छलफल सुरु ‘मास्टर्नी’ चलचित्रको गीतप्रति शिक्षक महासङ्घको आपत्ति, हटाउन माग मुगु र बाजुराका दुर्गम क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार चलचित्र ‘गौँथली’ आजबाट प्रदर्शनमा पेन्सन लिइरहेका करार कर्मचारीलाई साउन १ देखि हटाइने मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो कार्यकालको अन्तिम चरणमा प्रदेश सरकार फेरबदलप्रति नेता भट्टराईको असन्तुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वदेशी जुत्ता उद्योगका समस्या र प्रवर्द्धनबारे प्रधानमन्त्री शाहले जुत्ता उत्पादक सङ्घसँग छलफल गर्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपाल जुत्ता उत्पादक सङ्घका पदाधिकारी तथा प्रतिनिधिहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ।

छलफलमा सङ्घका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ।

प्रधानमन्त्रीसँगको बैठकमा स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, उत्पादन तथा बजार व्यवस्थापन, आयात प्रतिस्थापनमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणका प्रयास, उद्योगले भोगिरहेका चुनौती तथा नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने कार्यसूची रहेको जनाइएको छ।

सरकारले स्वदेशी उद्योगको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको सन्दर्भमा यो छलफललाई जुत्ता उद्योगको विकास, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा लगानीमैत्री वातावरण निर्माणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।