१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत

मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत
अ अ+ अ-

काठमाडौं । मुस्ताङ जिल्लामा ४५८ किसान कृषि जोनमा सूचीकृत भएका छन् । नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३÷०७४ देखि लागू भएको हो ।

च्याङ्ग्रा, स्याउ र आलु उत्पादन वृद्धिका लागि किसानको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत उक्त क्षेत्रमा जोन कार्यक्रम लागू गरिएको हो ।

स्याउ, आलु र च्याङ्ग्रा गरी ४५८ जोन कार्यक्रमअन्तर्गत किसानका विभिन्न फार्म, समूह र सहकारी संस्था यहाँ सूचीकृत भएका हुन् । च्याङ्ग्रा जोन आव २०७८/०७९ स्याउ २०७५/०७६ र आलु २०८०/०८१ देखि जोन कार्यान्वयनमा आएको हो ।

स्याउ जोन कार्यक्रममा २५८ च्याङ्ग्रामा १३५ किसान सूचीकृत भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमले जानकारी दिनुभयो । जसमध्ये १२९ वटा कृषि फार्म र छ वटा कृषक समूह रहेका छन् । चालु वर्ष ५७ किसान च्याङ्ग्रा जोन कार्यक्रममा सूचीकृत भएका छन् ।

आलु जोनमा ९९ किसानको फार्म, समूह र सहकारी संस्था दर्ता छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुस्ताङमा च्याङ्ग्रापालक किसानलाई पूर्वाधार निर्माण र कृषि उपकरणमा ५० प्रतिशत सहुलियत, स्याउ जोन कार्यक्रमअन्तर्गतका किसानलाई १६ हजार स्याउका बिरुवा वितरणमा ५० प्रतिशत अनुदान र आलु जोन कार्यक्रमअन्तर्गत २३ किसानलाई नौ हजार ८०० केजी आलुको बीउ वितरण गरिएको छ ।