१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो

रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
अ अ+ अ-

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२÷८३ को असार २४ गतेसम्म पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरेको जनाएको छ ।

यो परिमाण वार्षिक छ लाख मेट्रिकटन आपूर्तिको लक्ष्यको करिब ९४ प्रतिशत हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्षका लागि रु २८ अर्ब ८२ करोड १४ लाख बजेट विनियोजन गरिएको थियो ।

गत असार २४ गतेसम्म चार लाख ९१ हजार ३०० मेट्रिकटन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ ।

उक्त मन्त्रालयकाअनुसार हालसम्म दुई कम्पनीमार्फत तीन लाख २७ हजार ५७९ दशमलव ८० मेट्रिकटन युरिया, दुई लाख तीन हजार ४२६ दशमलव ३० मेट्रिकटन डीएपी तथा ३० हजार ४८७ दशमलव ७५ मेट्रिकटन पोटास गरी कुल पाँच लाख ६१ हजार ४९३ दशमलव ८५ मेट्रिकटन रासायनिक मल आपूर्ति गरिएको छ ।

उक्त अवधिसम्म देशभरका गोदाममा ९२ हजार ५९२ दशमलव ३५ मेट्रिकटन रासायनिक मल मौज्दात थियो । त्यसमध्ये ४९ हजार १०४ दशमलव ३० मेट्रिकटन युरिया, २४ हजार १२ दशमलव ८५ मेट्रिकटन डिएपी र १९ हजार ४७५ दशमलव २० मेट्रिकटन पोटास मौज्दात थियो ।

अघिल्लो आर्थिक वर्षको मौज्दातसमेत समावेश गरी असार २४ गतेसम्म पाँच लाख १८ हजार २७८ दशमलव ५५ मेट्रिकटन रासायनिक मल बिक्री भएको छ ।

तीन लाख सात हजार १६ दशमलव ६० मेट्रिकटन युरिया, एक लाख ९२ हजार ९३१ दशमलव १५ मेट्रिकटन डिएपी र १८ हजार ३३० दशमलव ८० मेट्रिकटन पोटास बिक्री भएको उक्त मन्त्रालयले जनाएको छ । बाह्य मार्गमा २८८ दशमलव ७५ मेट्रिकटन रासायनिक मल ढुवानीको क्रममा छ, जसमा ८६ दशमलव ०५ मेट्रिकटन युरिया र २०२ दशमलव ७० मेट्रिकटन डिएपी छ ।