१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे बन्द’
अ अ+ अ-

गण्डकी प्रदेश सरकारको अनुदानमा तीन वर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौँ लगानी बालुवामा पानी हालेसरह बनेको छ । पाहुनाको बसोबासको बाहनामा बनाइएका पूर्वाधार पहुँचवालाको व्यक्तिगत तथा घरायसी प्रयोगमा सीमित भएका हुन् ।

गण्डकी प्रदेश सरकारको तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा म्याग्दीका १० वटा होमस्टेलाई रु ९३ लाख चार हजार ८०० अनुदान बाँडेको थियो । कूल लागतको ३० प्रतिशत लागनी गरेको हिसाब देखाएर अनुदान हत्याएका होमस्टेले पर्यटक लोभ्याउन र ग्रामीण पर्यटनको विकासमा योगदान गरेको पाइँदैन । होमस्टेका लागि भनेर बनाइएका सामुदायिक भवन, गोलघर, शौचालय, शयनकक्ष र बेड विस्तारा अनुदान पाएकाको व्यक्तिगत सम्पतिमा परिणत भएका छन् ।

धवलागिरि गाउँपालिका–७ ताकमको हजुरको सामुदायिक होमस्टेका सञ्चालक कृष्णबहादुर भण्डारीले आधारभूत पूर्वाधार बनाए पनि होमस्टे सञ्चालनका लागि प्रचार–प्रसार, तालिम र व्यवस्थापकीय तयारी आवश्यक देखिएको बताउनुभयो । रघुगङ्गा गाउँपालिकाको झिँ होमस्टेले रु नौ लाख ३९ हजार, एकता होमस्टे मौवाफाँटले रु नौ लाख ६० हजार, मिलन होमस्टे रायखोरले रु नौ लाख ७३ हजार र रानीपौवा होमस्टेले रु नौ लाख ७० हजार अनुदान लगेका थिए ।

ताकमको हजुरको होमस्टेले रु सात लाख १३ हजार ८००, देवीस्थानको गाईखर्क होमस्टेले रु नौ लाख ७२ हजार, बरङ्जाको झाँक्रीपानी होमस्टेले रु आठ लाख ९२ हजार, टोड्के होमस्टेले रु नौ लाख ९० हजार २००, नारच्याङ बेँसीगाउँ होमस्टेले रु नौ लाख ४२ हजार र मुना होमस्टेले रु नौ लाख ५२ हजार अनुदान पाएका थिए ।

प्रदेश सरकारअन्तर्गतको पर्यटन कार्यालय पोखराले यसअघि अनुदान पाएका होमस्टेलाई स्तरोन्नतिका लागि अनुदान उपलब्ध गराउन हालै प्रस्ताव मागेकामा म्याग्दीका तीनवटाको मात्र प्रस्ताव परेको छ । आवेदन सङ्कलन गरेको घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीका प्रमुख नन्दलाल पौडेलले झिँ, झाँक्रीपानी र हजुरको सामुदायिक होमस्टेले मात्र स्तरोन्नति कार्यक्रम माग गरेका बताउनुभयो ।

आवश्यकता र सम्भावनाको भन्दा पनि पहुँचका आधारमा अनुदान पाएका म्याग्दीका अधिकांश होमस्टे प्रभावहीन देखिएका छन् । होमस्टेका लागि बनाइएको सामुदायिक भवन प्रयोगविहीन र जीर्ण बनेको रानीपौवा होमस्टेका अध्यक्ष दीपक कार्कीले कोरोनाका कारण पर्यटक नआएका र पूर्वाधारले पूर्णता नपाउँदा चलाउन समस्या भएको दाबी गर्नुभयो ।