१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीहरुलाई सिकाइयो दशैंको संस्कार



अ+ अ-

काठमाडौँ । व्यावहारिक शिक्षा अहिलेको आवश्यकता हो । विद्यार्थीलाई किताबी ज्ञान बाहेक व्यावहारिक ज्ञान दिन विद्यालयहरुले विभिन्न प्रकारका अतिरिक्त कार्यक्रम पनि गर्दै आएका छन् । यसैक्रममा नजिँकिँदै गएको चाड पर्वका बारेमा जानकारी दिन काठमाडौँको स्वयम्भूमा रहेको द एक्सेल्सियर विद्यालयले पनि विभिन्न कार्यक्रम गरेको छ । दशैँमा गरिने सबै क्रियाकलाप विद्यार्थीहरुले नै अभ्यास गरेका छन् ।

यसरी अभ्यास गराउँदा विद्यार्थीहरुलाई धर्म संस्कृतिका बारेमा बुझ्न सजिलो भएको विद्यालयले जनाएको छ । स्कुललेआफ्ना विद्यार्थीहरुलाई हिन्दूहरुको महान पर्व बडा दशैंको सम्पूर्ण संस्कार सिकाउन कार्यक्रमको आयोजना गरेको छ । दशैंका अवसरमा राखिने जमराको महत्वका साथै दशैँका समग्र कार्य र संस्कारहरु बुझाउने उद्देश्यले उनीहरुको सहभागितामा विद्यालयमा कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालका चाडपर्व तथा यहाँको कला संस्कृति र परम्पराको बारेमा जानकारी दिने र उनीहरुलाई पनि यी विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । विद्यार्थीहरुबाटै राखिएको जमराको प्रदर्शनका साथै दशैँको अरु संस्कार पनि विद्यालयले सिकाएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रशान्त रजकले हरेक वर्ष विद्यालयमा यस्तो कार्यक्रमको आयोजना गर्ने गरिएको जानकारी दिए ।

उहाले नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा विद्यार्थीहरुलाई सानैदेखि जानकारी होस् भन्ने उद्देश्यले नेपालका सांस्कृतिक पर्व तथा अवसरहरुमा यस्ता अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्ने गरिएको जानकारी दिए ।