७ असार २०८३, आईतवार
,
Latest
रास्वपामा समूहको बिउ नरोपौँ, पुराना दलबाट सिकौँ : प्रधानमन्त्री शाह सरकार एक्सप्रेस वेमा दौडिरहेको गाडीजस्तै हो, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छः प्रधानमन्त्री शाह आफ्ना नेतालाई ‘भगवान्’ नबनाउन रास्वपाका कार्यकर्तालाई गगन थापाको सुझाव नेपाली काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइनः सभापति थापा रास्वपा वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि : बाबुराम भट्टराई रास्वपालाई पूर्वप्रधानमन्त्री भट्टराईले भनेः सत्य र न्यायको पक्षमा दृढ रहनु रास्वपालाई एमाले नेता ज्ञवालीको आग्रहः ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सजग होस्’ सरकारले चालेका कदमहरू विधिसम्मत र संविधान बाहिर नहोस् भन्ने कुरामा पर्याप्त ध्यान दिइयोस्ः वर्षमान पुन रास्वपालाई गणतन्त्र र सङ्घीयताप्रति थप स्पष्ट हुन वर्षमान पुनको सुझाव प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीहरुलाई सिकाइयो दशैंको संस्कार



अ+ अ-

काठमाडौँ । व्यावहारिक शिक्षा अहिलेको आवश्यकता हो । विद्यार्थीलाई किताबी ज्ञान बाहेक व्यावहारिक ज्ञान दिन विद्यालयहरुले विभिन्न प्रकारका अतिरिक्त कार्यक्रम पनि गर्दै आएका छन् । यसैक्रममा नजिँकिँदै गएको चाड पर्वका बारेमा जानकारी दिन काठमाडौँको स्वयम्भूमा रहेको द एक्सेल्सियर विद्यालयले पनि विभिन्न कार्यक्रम गरेको छ । दशैँमा गरिने सबै क्रियाकलाप विद्यार्थीहरुले नै अभ्यास गरेका छन् ।

यसरी अभ्यास गराउँदा विद्यार्थीहरुलाई धर्म संस्कृतिका बारेमा बुझ्न सजिलो भएको विद्यालयले जनाएको छ । स्कुललेआफ्ना विद्यार्थीहरुलाई हिन्दूहरुको महान पर्व बडा दशैंको सम्पूर्ण संस्कार सिकाउन कार्यक्रमको आयोजना गरेको छ । दशैंका अवसरमा राखिने जमराको महत्वका साथै दशैँका समग्र कार्य र संस्कारहरु बुझाउने उद्देश्यले उनीहरुको सहभागितामा विद्यालयमा कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालका चाडपर्व तथा यहाँको कला संस्कृति र परम्पराको बारेमा जानकारी दिने र उनीहरुलाई पनि यी विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो । विद्यार्थीहरुबाटै राखिएको जमराको प्रदर्शनका साथै दशैँको अरु संस्कार पनि विद्यालयले सिकाएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रशान्त रजकले हरेक वर्ष विद्यालयमा यस्तो कार्यक्रमको आयोजना गर्ने गरिएको जानकारी दिए ।

उहाले नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा विद्यार्थीहरुलाई सानैदेखि जानकारी होस् भन्ने उद्देश्यले नेपालका सांस्कृतिक पर्व तथा अवसरहरुमा यस्ता अतिरिक्त क्रियाकलापहरुको आयोजना गर्ने गरिएको जानकारी दिए ।




भर्खरै