६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता रिजालमाथि आक्रमण



अ+ अ-

दमौली । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ता आक्रमणको प्रयास गरेका छन् ।

गाउँपालिका भवन उद्घाटनका लागि तनहुँको रिसिङ गएका कांग्रेस नेता डा. रिजालमाथि सदरमुकाम दमौलीबाट रिसिङ गाउपालिका जाने बाटोमा नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका हुन् ।

नेकपाका कार्यकर्ताहरुले अवरोध गरे पनि नेता रिजाल स्थानीय नेता कार्यकर्ताहरुका साथ अहिले गाउँपालिका कार्यालय पुगिसकेका छन् । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट भवनको उद्घाटन कांग्रेसका नेता रिजालबाट गराउने निर्णय गरेको थियो ।