४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

साउदी अरबका राजाको अंगरक्षकको गोली हानी हत्या

साउदी अरबका राजाको अंगरक्षकको गोली हानी हत्या
अ+ अ-

काठमाडौं । साउदी अरबका राजाको अंगरक्षकको गोली हानी हत्या भएको छ । अब्दुल अजिज अल फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक रहिसकेका थिए । जेद्दाहस्थित साथीको घरमा गएको बेला उनको हत्या भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

उनको साथी र उनी बिच चर्को भनाभन भएपछि गोली हानेर अल फागमको हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको पुष्टि मक्का प्रहरीका प्रवक्ताले गरेका छन् । ती व्यक्तिले आफ्नै भाइ र एक फिलिपिनी कामदारमाथि पनि गोली चलाएका थिए जसकारण उनीहरु पनि घाइते अवस्थामा छन् ।

उनले घटनास्थल पुगेका प्रहरीमाथि पनि गोली चलाएको र पाँच जना प्रहरीसमेत घाइते भएको मक्का प्रहरीले बताएका छन् । ती व्यक्तिलाई गोली हानेर प्रहरीले मारेको छ । यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने बताईएको छ ।