३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेनी–लभ्लीहिल पदमार्गको निर्माण सम्पन्न



अ+ अ-

बेनी । म्याग्दी सदरमुकाम बेनीदेखि पर्यटकीयस्थल लभ्लीहिल जोड्न पक्की पदमार्ग निर्माण सम्पन्न भएको छ । बेनी नगरपालिका–२ मा रहेको लभ्लीहिलमा पर्यटकको आगमन बढाउनको लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको सो पदमार्गको आइतबार प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले उद्घाटन भयो ।

बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने ६३८ मिटर लामो पक्की पदमार्ग निर्माणमा रु ७४ लाख ७३ हजार ६०९ खर्च भएको छ । पदमार्ग निर्माणमा म्याग्दी प्रवासी नेपाली सङ्घ ९मोना० अन्तर्राष्ट्रिय समितिले रु २९ लाख, ८९ हजार ४४४, बेनी नगरपालिकाको रु ३७ लाख ३६ हजार ८०५ र म्याग्दी उद्योग वाणिज्य सङ्घले रु सात लाख ४७ हजार ३६० लगानी गरेको पदमार्ग निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष सुनिता केसीले जानकारी दिए।

बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न निर्माण गरिएको पदमार्गमा रेलिङसमेत निर्माण गरिएको पदमार्ग निर्माण समितिका संयोजकसमेत रहेका म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।

जिल्लाको सामाजिक क्षेत्रमा सहकार्य गर्दै आएका प्रवासी म्याग्देलीले विकास निर्माण र पर्यटन विकासमा समेत सरकारी र निजी क्षेत्रसँग साझेदारी गरी निर्माण गरिएको यस परियोजनाले जिल्लामा लगानीको ढोका खुलेको मोनाका अध्यक्ष चक्रबहादुर थापाले बताए । उनले यस योजनाले जिल्लामा प्रवासीको सामाजिक क्षेत्रमा सँगै पूर्वाधार, पर्यटन विकास र सम्भावनाको उजागर हुने क्षेत्रमा सहयोगसँगै लगानीसमेत भित्रने वातावरण तयार गरेको बताए ।