१ श्रावण २०८३, शुक्रबार
,
Latest
सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग विकासमैत्री कानून र वन ऐन संशोधनमा इप्पानको जोडः १९ हजार मेगावाटका आयोजना प्रभावित भएको दाबी विद्युतीय पूर्वाधार विकास र ऊर्जा व्यापारमा सरकारको प्राथमिकताः आगामी १० वर्षभित्र प्रतिव्यक्ति खपत १५ सय… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ… कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै आज साउने सङ्क्रान्ति पर्व तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोसीमा पानीको बहाव बढ्दो, २१ ढोका खुला



अ+ अ-

इनरुवा (सुनसरी), ३२ असारः बर्सात् सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ । बुधबार अबेर कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । पूर्वी नेपालमा पानी पर्ने क्रम जारी रहेकाले नदीमा बहाव थप बढ्न सक्ने अनुमान छ ।

कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा ढोका खोलिएको छ । ब्यारेजका ५२ वटा मूल ढोका र चार वटा नहर गरी ५६ वटा ढोका रहेका छन् ।

पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिएको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

सुक्खा मौसममा शान्त देखिने सप्तकोसी वर्षायाम सुरु भएसँगै उग्र रूप लिने भएकाले यस नदीमा नेपालसहित भारतका विभिन्न क्षेत्रको समेत ध्यान जाने गरेको छ । असार, साउन र भदौ महिनामा पूर्वी पहाडी तथा तराई क्षेत्रमा हुने वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्ने गर्दछ । सप्तकोसीमा पनि बहाव बढ्ने र नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने गरेको छ ।

सप्तकोसीमा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिन्छ । वर्षायाममा पानीले भरिने सप्तकोसी सुख्खा समयमा भने धेरै स्थानमा बालुवाले भरिएको देखिन्छ ।रासस