१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…
अ अ+ अ-

भोजपुर। भोजपुर नगरपालिका–१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा परेको छ ।

प्राकृतिक रूपमा सुन्दर र शान्त वातावरण रहेको यो स्थल पर्याप्त प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । स्थानीयवासीका अनुसार यस देवस्थलमा प्रत्येक वर्ष वैशाख पूर्णिमाका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा रहिआएको छ ।

उक्त अवसरमा टाढाटाढाबाट श्रद्धालु भक्तजन आउने गरेका छन् । यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । साथै, यहाँको पानीमा नुहाएमा घाउ–खटिरा वा छालासम्बन्धी समस्या निको हुने विश्वाससमेत छ ।

देवस्थलमा पूजा गरेपछि चिताएको पुग्ने र रोग निको हुने विश्वास रहेको स्थानीयवासी सुविन राईले बताउनुभयो । “छरछरे पखुवा देवी ओझेलमा परेको छ । यो स्थानको उचित प्रचारप्रसार हुनसकेमा धार्मिक पर्यटनको राम्रो सम्भावना छ”, उहाँले भन्नुभयो ।

यो देवस्थल भोजपुर–लेगुवा सडकखण्डअन्तर्गत पर्ने हिलेभञ्ज्याङबाट करिब तीन किलोमिटरभित्र छ । पछिल्लो समय स्थानीय तह तथा समुदायको सक्रियतामा उक्त देवस्थलको भौतिक विकासको प्रक्रिया अघि बढाइएको छ । देवदेवीका मूर्तिको संरक्षणका लागि घेराबारा निर्माण गरिएको छ भने श्रद्धालु तथा पर्यटकलाई सहज आवतजावतका लागि सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ ।

प्राकृतिक रूपमा अत्यन्त मनमोहक र अलौकिक अनुभूति दिने यो स्थान धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ । हरियाली वन, स्वच्छ वातावरण र धार्मिक आस्थाको सङ्गमले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ । व्यवस्थित योजना, प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीयवासीको भनाइ छ ।

देवस्थलको दर्शनका लागि पुग्नुभएका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले देवस्थललाई धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्न पर्याप्त सम्भावना रहेको बताउनुभयो । प्राकृतिक सौन्दर्य र धार्मिक आस्था दुवै रहेको यस स्थललाई योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।

स्थानीयवासीका अनुसार देवस्थलको संरक्षण र प्रवर्द्धनका लागि थप लगानी आवश्यक छ । सूचना पाटी, विश्रामस्थल, खानेपानी, सरसफाइ तथा आवासको व्यवस्था गर्नसके यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनीहरूको भनाइ छ । रासस