८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश

विद्युतीय पूर्वाधार विकास र ऊर्जा व्यापारमा सरकारको प्राथमिकताः आगामी १० वर्षभित्र प्रतिव्यक्ति खपत १५ सय युनिट पुर्‍याउने लक्ष्य

विद्युतीय पूर्वाधार विकास र ऊर्जा व्यापारमा सरकारको प्राथमिकताः आगामी १० वर्षभित्र प्रतिव्यक्ति खपत १५ सय युनिट पुर्‍याउने लक्ष्य
अ+ अ-

काठमाडौँ।  ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले अबको प्राथमिकता विद्युत उत्पादनसँगै दिगो आपूर्ति र वितरणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा आयोजित ‘विद्युतीय पूर्वाधार निर्माणका चुनौती र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न पूर्वाधार विकास अपरिहार्य रहेको उल्लेख गर्नुभएको हो । जीर्ण र न्युन क्षमताका पूर्वाधारका कारण पर्याप्त विद्युत हुँदाहुँदै पनि कतिपय क्षेत्रमा विद्युत कटौतीको समस्या देखिएको स्वीकार गर्दै मन्त्री श्रेष्ठले सरकार पूर्वाधार स्तरोन्नतिमा जुटेको बताउनु भयो ।

उहाँकाअनुसार ऊर्जा मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युतीय पूर्वाधारका लागि करिव ८० अर्ब रुपैयाँ खर्च गर्नेगरी योजना निर्माण गरेको छ । यसका अतिरिक्त नेपाल विद्युत प्राधिकरणले पनि आफ्नो आन्तरिक स्रोतबाट पूर्वाधार विकासमा ठूलो हिस्सा लगानी गर्ने तयारी गरेको छ । सरकारले आगामी आर्थिक वर्षभित्र रणनीतिक महत्वका १२ वटा प्रशारण लाइन सम्पन्न गर्ने लक्ष्य राखेको छ । हाल ६६ केभी र सोभन्दा माथिका प्रशारण लाइनको लम्बाई करिव ७ हजार ४८ सर्किट किलोमिटर रहेकोमा आगामी वर्ष थप ८ सय सर्किट किलोमिटर विस्तार गर्ने लक्ष्य लिइएको मन्त्री श्रेष्ठले बताउनु भयो ।

सरकारले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति २०८३’ कार्यान्वयनमा ल्याइसकेको छ । हाल प्रतिव्यक्ति विद्युत खपत करिव ४६० किलोवाट घण्टा रहेकोमा आगामी १० वर्षभित्र यसलाई १ हजार ५ सय किलोवाट घण्टा पु¥याउने महत्त्वाकाङ्क्क्षी लक्ष्य राखिएको छ । मन्त्री श्रेष्ठले आन्तरिक खपतलाई पहिलो प्राथमिकतामा राख्दै उद्योग, यातायात र कृषि क्षेत्रमा विद्युत उपयोग बढाउन विस्तृत कार्ययोजना तयार भइरहेको जानकारी दिनुभयो । अन्तरदेशीय विद्युत व्यापारका सन्दर्भमा पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले भारततर्फ १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन लक्ष्य प्राप्तिमा महत्वपूर्ण इँटा थपेको उहाँले बताउनु भयो । सीमापार प्रसारण पूर्वाधार विस्तार र विद्युत व्यापारका क्षेत्रमा भएका निर्णयले राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ ।

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘अब हामी उत्पादनसँगै दिगो आपूर्ति र वितरणमा केन्द्रित हुनुपर्ने बेला आएको छ । हाम्रा विद्युतीय पूर्वाधार तत्कालीन अवस्थाको माग धान्न सक्ने अवस्थामा थिए । तर नागरिकको जीवनशैलीमा आएको परिवर्तन, आवश्यकता तथा व्यावसायिक प्रतिष्ठानहरूको वृद्धिका कारण हरेक वर्ष विद्युतको माग बढ्दै गएको छ । माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न उत्पादनसँगै पूर्वाधारको विकास र स्तरोन्नति अहिले प्रमुख आवश्यकता बनेको छ । जीर्ण तथा न्युन क्षमताका विद्युतीय पूर्वाधारका कारण पर्याप्त विद्युत उपलब्ध हुँदाहुँदै पनि पछिल्ला केही दिनमा हामीले विद्युत कटौतीको समस्या देख्यौँ र भोग्यौँ । तसर्थ, वर्तमान सरकारको विशेष ध्यान विद्युतीय पूर्वाधारको विकास र स्तरोन्नतिमा केन्द्रित रहेको छ । फलस्वरूप ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आर्थिक वर्ष २०८३÷८४ को बजेटमा करिब ८० अर्ब रुपैयाँ विद्युतीय पूर्वाधारमा खर्च गर्ने योजना बनाएको छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरणले पनि आफ्नो आन्तरिक स्रोतबाट ठूलो हिस्सा पूर्वाधारको विकास तथा स्तरोन्नतिमा खर्च गर्ने तयारी गरिरहेको छ । लामो समयसम्म विद्युत अभावसँग संघर्ष गरेको हाम्रो देश अहिले उत्पादन वृद्धिको चरणमा प्रवेश गरिसकेको छ । अब हाम्रो दृष्टिकोण केवल विद्युत उत्पादन बढाउनु मात्र नभई त्यसलाई आर्थिक समृद्धिको आधारमा रूपान्तरण गर्नु पनि हो । तसर्थ, सरकारले उत्पादन, प्रशारण, वितरण, खपत तथा ऊर्जा व्यापारलाई एउटै रणनीतिक ढाँचामा अघि बढाइरहेको विषय यहाँ जानकारी गराउन चाहन्छु । आगामी आर्थिक वर्षभित्रै रणनीतिक महत्वका १२ वटा प्रशारण लाइन सम्पन्न गर्ने लक्ष्यका साथ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय कार्यान्वयनमा जुटिसकेको विषय यस कार्यक्रममा सुनाउन पाउँदा मलाई खुशी लागेको छ । त्यस्तै, यस आर्थिक वर्षको अन्त्यसम्म ६६ केभी र सोभन्दा माथिका प्रशारण लाइनको लम्बाई करिव ७ हजार ४८ सर्किट किलोमिटर पुग्ने तथा आगामी वर्ष थप ८०० सर्किट किलोमिटर विस्तार गर्ने सरकारको लक्ष्य रहेको छ । यी पूर्वाधारहरूले नेपालको ऊर्जा क्षेत्रको विकासमा नयाँ अध्याय शुरु गर्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ । साथै, यसले देशको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पु¥याउनेमा हामी आशावादी छौँ । अब उत्पादित विद्युत खेर जान नदिन, भरपर्दो आपूर्ति सुनिश्चित गर्न तथा उद्योग, कृषि, यातायात र सेवा क्षेत्रमा विद्युतको उत्पादनशील उपयोग बढाउन सरकार गम्भीर रूपमा गृहकार्य गरिरहेको विषय पनि यहाँ अवगत गराउन चाहन्छु । सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३ कार्यान्वयनमा ल्याइसकेको छ। हाल प्रतिव्यक्ति विद्युत खपत करिब ४६० किलोवाट–घण्टा रहेको अवस्थामा आगामी १० वर्षभित्र यसलाई १,५०० किलोवाट–घण्टा पु¥याउने लक्ष्य राखिएको छ ।’

सरकारले पहिलो पटक ऊर्जा व्यापारमा उदारीकरणको नीति अवलम्वन गरेको छ । अब निजी क्षेत्रले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न सक्ने गरी कानूनी व्यवस्था गरिँदैछ । निजी लगानीमा प्रसारण लाइन निर्माण गरी ‘ह्विलिङ चार्ज’ मार्फत विद्युत व्यापार गर्न सक्ने व्यवस्था लागू गर्ने तयारी भइरहेको छ । जलाशययुक्त आयोजनामा निजी क्षेत्रलाई आकर्षित गर्न शतप्रतिशत लगानी सुनिश्चित भएमा पहिलो वर्षमै ४० प्रतिशतसम्म आईपीओ जारी गर्न पाउने र लाइसेन्स अवधि ५० वर्ष हुने विशेष व्यवस्था गरिएको छ । साथै, १० मेगावाटभन्दा कम क्षमताका आयोजनाको पीपीए (विद्युत खरिद सम्झौता) खुला गरिएको मन्त्री श्रेष्ठले बताउनु भयो ।

ऊर्जा क्षेत्रलाई पारदर्शी र परिणाममुखी बनाउन मन्त्रालयले नयाँ विद्युत ऐन ल्याउने प्रक्रियालाई तिब्रता दिएको मन्त्री श्रेष्ठको दाबी छ । मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको रूपान्तरणलाई एक राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सरकार, सार्वजनिक निकाय, निजी क्षेत्र र वित्तीय संस्थाहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल