२५ असार २०८३, बिहीबार
,
Latest
चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल
तपाईं के खोज्दै हुनुहुन्छ ?

खसी, बोका बिक्री हुन सकेन



अ+ अ-

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन । विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पुर्याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिए ।

बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन उक्त संस्थाले प्रत्येक वर्ष यो समयमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ । दाङ र विरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा ल्याउन लागिएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खरीद समिति गठन भई खसी, बोका तथा च्याङ्ग्रा खरिद हुने गर्दछ ।

अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौँ आइसकेको तथा अन्य आउने क्रममा छ । आज बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री शुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो ।