• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   ‘पुष्पा २’को प्रदर्शन मिति फेरि सर्यो ★   खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने ★   दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु ★   भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको आवश्यकता देखिएन: ज्ञानबहादुर शाही ★   ‘तातो हावाको लहर (लू) प्रतिकार्यमा जुटौँ’ ★   विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश ★   पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द ★   सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ: प्रेम सुवाल ★   सुपर ८ मा पुगेपछि रोहितले भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन ★   मेरा लागि सय खेल भन्दा महत्वपूर्ण नेपालको जर्सी लगाउन पाउनु हो: कप्तान चेम्जोङ

जागरण अभियानले कार्यकर्तामा ऊर्जा : नेता कोइराला



चितवन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताउनुभएको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उहाँले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पुर्याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताउनुभयो ।

महाधिवेशन नभई काङ्ग्रेसमा ऊर्जा नथपिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने काङ्ग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।” काङ्ग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उहाँले थप्नुभयो, “सडक र सदन तताउनुपर्छ । सडक तताउनका लागि नेविसङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ जस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ ।”

नेतृत्वको कमजोरीका कारण काङ्ग्रेस समस्यामा पर्न नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “समयमा नै नेतृत्व चयन गरौँ । अब काङ्ग्रेस तदर्थवादमा चल्न सक्दैन ।”

जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उहाँले त्यस्तो प्रवृत्तिको आलोचना गर्नुभयो । “ विचार र वोल्न नपाउने पञ्चायकालमा पनि नभएको प्रवृत्ति विरुद्ध आवाज उठाउन जरुरी छ”, नेता कोइरालाले भन्नुभयो ।