२७ मंसिर २०८२, शनिबार
,
Latest
सञ्चारमन्त्री खरेलद्धारा पत्रकार सहित सुरेश रजकको परिवारसँग छलफल सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जागरण अभियानले कार्यकर्तामा ऊर्जा : नेता कोइराला



अ+ अ-

चितवन । नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले जागरण अभियानले काङ्ग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताउनुभएको छ । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उहाँले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पुर्याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताउनुभयो ।

महाधिवेशन नभई काङ्ग्रेसमा ऊर्जा नथपिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने काङ्ग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।” काङ्ग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उहाँले थप्नुभयो, “सडक र सदन तताउनुपर्छ । सडक तताउनका लागि नेविसङ्घ, तरुण दल, महिला सङ्घ, दलित सङ्घ जस्ता भ्रातृ संस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ ।”

नेतृत्वको कमजोरीका कारण काङ्ग्रेस समस्यामा पर्न नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “समयमा नै नेतृत्व चयन गरौँ । अब काङ्ग्रेस तदर्थवादमा चल्न सक्दैन ।”

जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उहाँले त्यस्तो प्रवृत्तिको आलोचना गर्नुभयो । “ विचार र वोल्न नपाउने पञ्चायकालमा पनि नभएको प्रवृत्ति विरुद्ध आवाज उठाउन जरुरी छ”, नेता कोइरालाले भन्नुभयो ।