३१ असार २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभाः बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ अनुमोदित किसानलाई सावधानी अपनाउन आग्रह राष्ट्रिय सुरक्षा र कूटनीतिक सम्बन्धमा असर पार्ने चलचित्रलाई प्रदर्शन अनुमति नदिइने प्रदेशका प्रत्येक अस्पतालमा मानसिक रोग विशेषज्ञ चिकित्सकको व्यवस्था गर्छाैंः मुख्यमन्त्री यादव पुँजीबजारः ३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित कुखुरापालक किसानलाई ५० करोड राहत सुदूरपश्चिम एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त नेप्से परिसूचक १४ अङ्कले बढ्यो राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १४ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ मा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० मा पुगेको छ । आज विभिन्न कम्पनीका ८४ लाख ७३ हजार १६ कित्ता सेयर रु चार अर्ब १७ करोड तीन लाख ९८ हजार ४९ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ भने अर्काे एक उपसमूह स्थिर रह्यो ।

आज १९५ कम्पनीको सेयर बढ्यो भने ६० कम्पनीको सेयर घट्यो । त्यसैगरी, १९ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज एनएमबी डिबेञ्चर, नारायणी विकास बैंक र थ्रिस्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने उपकार लघुवित्त वित्तीय संस्था, एनआइविएल स्टेबल फण्ड र एनआइसी एसिया सेलेक्ट फण्डका लगानीकर्ताले आज गुमाएका छन् ।