३१ असार २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षकद्वय कार्की र पौडेल स्वदेश फिर्ता सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान स्वास्थ्यदेखि वित्तीय साक्षरतासम्मः सामाजिक जिम्मेवारीमा ग्लोबल आइएमई डिप्रेसनमा रहेका रौतहटका २८ वर्षीय सहानीद्वारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा ‘रिफर’ सेबोनमाथि सांसद अधिकारीको प्रश्नः ‘वर्षौंसम्म उधारो शेयर कारोबार कसरी लुक्यो ?’ उपसभामुख नेतृत्वको टोली चीनतर्फ भारतीय टमाटरको आयात बढेपछि स्वदेशी किसान आन्दोलित ताप्लेजुङमा उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रि–आईपीओ’ नाममा अवैध कारोबार गर्ने कम्पनीमाथि कारबाही हुन्छः सेबोन अध्यक्ष भट्ट



अ+ अ-

काठमाडाैँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले ‘प्रि–आईपीओ’का नाममा अवैध कारोबार गर्ने कम्पनीहरुमाथी कारबाही हुने बताउनुभएको छ ।

बुधवार अर्थ समितिको बैठकमा ‘प्रि–आईपीओ’का सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले त्यस्तो गतिविधिमा संलग्न कम्पनी वा व्यक्तिमाथि कारबाही गर्ने बताउनुभएको हो । राज्यले अवैध कारोबारलाई वैधानिकता दिन नसक्ने उहाँको भनाई छ । अध्यक्ष भट्टले योग्य कम्पनीलाई पुँजी बजारमार्फत वित्तीय पहुँच विस्तार गर्न बोर्डले विभिन्न योजना अघि बढाएको जानकारी दिनुभयो । स्टार्टअपदेखि मध्यम तथा अन्य योग्य उद्योगलाई पुँजी बजारमा प्रवेश गराउने व्यवस्था विकास भइरहेको उहाँको भनाई छ ।

उहाँकाअनुसार प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आउने कम्पनीहरूले उच्च पारदर्शिता, कडा मापदण्ड र अन्तर्राष्ट्रिय अभ्यासअनुसारको सुशासन पूरा गर्नुपर्नेछ । उहाँले सर्वसाधारण लगानीकर्ताको हित संरक्षणका लागि मूल्य निर्धारण प्रक्रियालाई पनि प्रतिस्पर्धात्मक र पारदर्शी बनाइने उहाँले बताउनु भयो । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायत संस्थागत लगानीकर्ताको सहभागिता बढाएर मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।

पुँजी बजारलाई केवल सेयर कारोबारमा सीमित नराखी ऋणपत्र, डेरिभेटिभ उपकरण तथा कमोडिटी फ्युचर्सतर्फ पनि विस्तार गर्ने तयारी पनि भइरहेको उहाँले बताउनु भयो ।