२५ असार २०८३, बिहीबार
,
Latest
चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा सरकारले १० हजार पार्किङ जरिवाना तिराएको तनावले युवाद्वारा आत्मदाह प्रयास स्थानीय तह गैरदलीय बनाउने तथा प्रदेश सभा खारेज गर्ने विषयलाई संविधान संशोधनको बहस बनाउन मिल्दैनः… देशले गर्व गर्ने क्रिकेट खेल्छौँः नेपाली यु–१९ महिला टोली प्रतिनिधि सभामा सम्पती शुद्धीकरण र सार्वजनिक खरिद लगायतका चार विधेयक टेवल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लघुवित्त बैंकर्स संघमा लम्साल निर्विरोध



अ+ अ-

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको नयाँ नेतृत्वमा बसन्त राज लम्साल निर्विरोध चयन भएका छन् । अर्का आशंक्षी लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मले उम्मेद्वारी फीर्ता लिएपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् ।

लम्साल विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा संघको अघिल्लो कार्यसमितिका महासचिव हुन । निर्वतनमा अध्यक्ष रामचन्द्र जोशी नेतृत्वको २ वर्षे कार्यकाल सकिएसँगै संघले आइतबार नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा फस्र्ट माइक्रोफाइनान्सका भेषराज पन्थी निवार्चित भएका छन् भने संघको सचिवमा वोमी लघुवित्तका प्रमेश आचार्य निविरोध निर्वाचित भएका छन् ।

संघको महासचिव, कोषध्यक्ष र सदस्यमा निर्विरोधको पहल भएपनि सहमति हुन नसकेपछि चुनाव हुने भएको छ ।

महासचिवमा नेशनल माइक्रोफाइनान्सको सिइओ राम बहादुर यादव र डेप्रोक्सका अमराज खड्का बीच प्रतिस्पर्धा हुँदैछ भने कोषध्यक्ष्मा मेरो माइक्रोफाइनान्सका रामहरी दाहाल र उन्नतीका प्रेम पाठक बीच प्रतिस्पर्धा हुने भएको हो ।