१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण

घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
अ अ+ अ-

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित ठिनी खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले निर्माण गरेको पुल निर्धारित समयअघि नै सम्पन्न भएको हो ।

चालु आर्थिक वर्षमा घरपझोङ चक्रपथसँगै ठिनी खोलाको पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको पुल आगामी साउन २० गतेसम्म निर्माणसम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समयअघि नै काम सकेको हो ।

पूर्वाधार विकास कार्यालयका इञ्जिनियर सुरेश पाण्डेका अनुसार निर्माण कम्पनीको सक्रियताका कारण घरपझोङ गाउँपालिकाका पाँचै वडा जोड्ने चक्रपथअन्तर्गतको पुल समयअघि नै सम्पन्न भएको हो । यसअघि विभिन्न कारणले छ पटकसम्म म्याद थपिएको घरपझोङ चक्रपथ सडक पनि चालु आर्थिक वर्षमै सम्पन्न भएको उहाँले बताउनुभयो ।

मुस्ताङ सदरमुकाम जोमसोमबाट ठिनी खोला हुँदै ढुम्बा ताल, छैरो, मार्फा, स्याङ र जोमसोम जोड्ने चक्रपथ निर्माण सम्पन्न भइसकेको छ । अब ठिनी खोलामा पुल बनेपछि घरपझोङ गाउँपालिकाका पाँचै वडाबीच आवतजावत थप सहज भएको छ ।

रु चार करोड ४६ लाख लागतमा निर्माण भएको ३५ मिटर लामो एक स्पानको मोटरेबल पुल निर्माणको जिम्मा अमित अशेष जेभी कन्स्ट्रक्सनले लिएको थियो । पुलको चौडाइ फुटपाथसहित आठ दशमलव चार मिटर छ ।

निर्माणसम्पन्न भएपछि एक वर्षको परीक्षण अवधिसहित पुल कार्यालयलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । निर्माण कम्पनीका प्रतिनिधि सुरेश भट्टराईका अनुसार घरपझोङको १० दशमलव पाँच किलोमिटर चक्रपथ सडकअन्तर्गत ठिनी खोलाको पुल सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि मुक्तिनाथ दर्शन गरेर फर्कने पर्यटकलाई ढुम्बा ताल अवलोकन गर्न सहज भएको छ । साथै ढुम्बा, स्याङ, सम्लेलगायत गाउँका किसानलाई कृषि उपज बजारसम्म पु¥याउन पनि सहज हुने अपेक्षा गरिएको छ ।

यसअघि ठिनी खोलामा पक्की पुल नहुँदा वर्षायाममा स्थानीयवासी र पर्यटकलाई आवतजावत गर्न निकै कठिन हुने गरेको थियो । पुल सञ्चालनमा आएपछि वर्षभरि नै सवारीसाधन सञ्चालन गर्न सहज भएको छ ।  रासस