१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी तरिका अपनाउनुस, श्रीमानलाई फुरुक्क पार्नुस् !



अ+ अ-

काठमाडौं । श्रीमान श्रीमती एक अर्काका परिपूरक हुन् । त्यसैले दूवैको आपसी मेल अनिवार्य हुन्छ । तर कहिलेकाँही दाम्पत्य जीवनमा बहस, मनमुटाव र झगडा समेत हुने गर्छ ।

एक आर्काको मन नपर्ने बानीको कारण झैझगडा हुने गर्छ । त्यसैले श्रीमान र श्रीमती दुवैले एक अर्कालाई मन नपर्ने बानीमा सुधार गर्नु पर्छ ।

यदि तपाँई महिला हुनुहुन्छ र आफ्नो श्रीमानलाई खुशी पार्न चाहानुहुन्छ भने यी सात तरिका आजैबाट शुरु गर्नुस् ।

अरुको प्रशंसा नगर्नुस्

धेरैजसो श्रीमानहरु आफ्नो श्रीमातीको मुखबाट अन्य पुरुषको प्रशंसा सुन्न चाहँदैनन् । तर कतिपय महिलाले श्रीमानसँग अन्य पुरुषको प्रशंसा गर्छन जुन श्रीमानलाई पटक्कै मन पर्दैन ।

शारीरिक सम्बन्धलाई आड नवनाउनुस्
शारीरिक सम्बन्ध श्रीमान् तथा श्रीमतीको नैसर्गिक आवश्यकताको कुरा हो । तर श्रीमतीहरु कहिलेकाहीँ प्राकृतिक आवश्यकताको यो कुरालाई आफ्नो हतियार बनाउने गर्छन् । उनीहरु श्रीमानसँग कुनै कुरामा मनमुटाव भयो भने अथवा कुनै कुराको लागि दबाव दिनुपर्‍यो भने सबैभन्दा पहिलो काम श्रीमानलाई शारीरिक सम्बन्धबाट वन्चित गर्छन् । यसेो गर्दा श्रीमानसंगको दूरी झन टाढा हुन सक्छ ।

घुमाउरो पाराले कुरा नगर्नुस्
कतिपय श्रीमतीहरु कुनै पनि कुरालाई स्पष्ट रुपले व्यक्त गर्दैनन् । त्यस्तो बेला जब श्रीमानले उनको कुरा बुझ्दैनन्, तब उनी उल्टै व्यंग्य गर्न थाल्छन् । त्यसैले श्रीमानहरु श्रीमतीले कुनै पनि कुरा स्पष्ट रुपमा व्यक्त गरुन् भन्ने चाहन्छन् ।

व्यक्तिगत चिजहरुमा हस्ताक्षेप नगर्नुस्
अपनत्व तथा एकाधिकार जनाउनका लागि जब श्रीमतीहरु श्रीमान् अफिसबाट घर फर्किएपछि उनीहरुको अफिस ब्याग, पाइन्टको खल्ती, पर्स, मोबाइल, ल्यापटप जस्ता चिजहरु बारेमा चासो गर्दै खोजीनीति गर्न थाल्छन्, यो कुराबाट श्रीमानहरु मनमनै निकै रिसाइसकेका हुन्छन् । त्यसैले श्रीमानका चीजमा अनावस्यक हस्ताक्षेप नगर्नुस् ।

कम बोल्नुस्
कतिपय श्रीमतीहरु एकपटक बोल्न थालेपछि लगातार बोलिरहन्छन् । तर श्रीमान भने हरेक कुराहरु छोटकरीमा सुन्न चाहन्छन् । त्यसैले श्रीमानसंग आवस्यक कुरा मात्र गर्नुस् ।

शंका हटाउनुस्
केही श्रीमतीहरु रहेक समय श्रीमानलाई शंका गरेर विभिन्न प्रकारका आरोपहरु लगाइरहन्छन् । प्रश्न गरिरहन्छन् । प्रश्नहरु सोधेकोसोधै गरेर श्रीमतीहरुले श्रीमानहरुलाई सताइरहेका हुन्छन् । यो बानी पनि श्रीमानहरुलाई खासै मन पर्दैन ।

सपिङलाई महत्व नदिनुस्
सपिङ गर्नु कतिपय श्रीमतीहरुको ठूलो शोख हुन्छ कैयौ पटक त उनीहरु टाइमपास अथवा मन बहलाउन समेत सपिङ गरिदिन्छन् ।तर श्रीमानहरुलाई श्रीमतीहरुको यो बानी देखि आजित हुन्छन् । त्यसैले अनावस्यक किनमेल गरेर श्रीमानलाई दिक्क बनाउनु हुदैन ।