६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हिमालको आवाज सुनाउने समयः ‘कोप–३१ मा हिमाल बोल्नुपर्छ’ News Polar फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता News Polar मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्णः महाप्रबन्धक राई News Polar डाटा सेन्टरको प्राविधिक समस्या समाधान, नेप्सेमा आजदेखि पूर्ववत कारोबार हुने News Polar संघीय निजामती ऐन : प्रशासन सुधारको प्रयास कि कर्मचारीतन्त्रमा नयाँ अन्योल ? News Polar अब भरतपुर आँखा अस्पतालको सेवा सर्लाही हरिपुर्वामा News Polar पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल News Polar न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता

सरकारले मन्त्री र नयाँ सांसदहरुको सम्पत्ति छानविन भनेर सम्पती छानविनको काममा पनि राजनीति गर्‍यो: ज्ञानबहादुर शाही

सरकारले मन्त्री र नयाँ सांसदहरुको सम्पत्ति छानविन भनेर सम्पती छानविनको काममा पनि राजनीति गर्‍यो: ज्ञानबहादुर शाही
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले सम्पत्ति छानबिनको विषयलाई समेत राजनीतिकरण गरेको आरोप लगाउनुभएको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता शाहीले सरकारले आफ्ना मन्त्री तथा नयाँ सांसदहरूको सम्पत्ति छानबिन नगर्ने नीति बनाएको भन्दै त्यसलाई राजनीतिकरणको स्पष्ट उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। उहाँले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन सम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्नुलाई पनि सरकारको राजनीतिक पूर्वाग्रहको दृष्टान्त भएको दाबी गर्नुभयो।

उहाँले सरकारले नागरिकको हितलाई केन्द्रमा राखेर कानुन निर्माण गर्नुपर्ने भए पनि त्यसको विपरीत काम गरिरहेको आरोप लगाउनुभयो। राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने र कानुन पनि सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

नेता शाहीले सरकारमाथि अन्य व्यक्तिको सम्पत्ति छानबिनका लागि समिति गठनको माग गर्ने तर आफ्नै पक्षसँग सम्बन्धित विषय बाहिरिएपछि आफैं समिति बनाएर प्रतिवेदन लुकाउने र सदस्यहरूलाई दबाब दिने काम गरेको आरोप पनि लगाउनुभयो।

संसदमा बोल्दै उहाँले भन्नुभयो, “सबैको सम्पत्ति छानबिन गर्छु भन्ने तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भनेर नीति बनाउने कार्य नै राजनीतिकरण हो। कानुन सबैका लागि समान हुनुपर्छ। राज्य नागरिकको अभिभावक बन्नुपर्छ। नियम नागरिकको जीवन रक्षा गर्नका लागि बन्नुपर्छ, जीवन समाप्त पार्नका लागि होइन। मान्छेको जीवनभन्दा ठूलो न सत्ता हुन्छ, न पद, न कानुनको दम्भ, न कसैको लोकप्रियता।”

नेता शाहीले सरकारले नागरिकको अभिभावकको भूमिकामा रहेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै राज्यका सबै निर्णय नागरिकको हित र जीवन सुरक्षालाई केन्द्रमा राखेर हुनुपर्ने बताउनुभयो।

उहाँले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको आफूहरूले राष्ट्रघाती ठानेको अभिव्यक्तिप्रति राप्रपाको विरोध यथावत् रहेको पनि स्पष्ट पार्नुभयो।