![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
काठमाडौं । नेपाली कांग्रेसले सञ्चालन गरेको दोस्रो राष्ट्रिय जागरण अभियानमा ५३ हजार जना पार्टी प्रवेश गरेको बताएको छ।
![](https://newspolar.com/wp-content/uploads/2019/02/congress-pic.jpg)
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भदौ २५ गतेदेखि असोज ७ गतेसम्म देशका तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र लक्षित जागरण अभियानबाट ५३ हजार चार सय ७९ जना पार्टी प्रवेश गरेको छन् ।
कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म सात सय ५३ स्थानीय तह लक्षित पहिलो चरणको जागरण अभियानमा ३१ हजार छ सय ४२ जना पार्टी प्रवेश गरेको बताएको थियो।