३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री

अनुदानको मल बजारमा बिक्री हुँदा किसान मर्कामा

अनुदानको मल बजारमा बिक्री हुँदा किसान मर्कामा
अ+ अ-

वीरगन्ज । अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगन्जका किसान मर्कामा परेका छन्। धान बालीमा मल छर्न नपाएको गुनासो किसानको छ। मल वितरणको जिम्मेवारी लिएको सहकारी संस्थाले बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँसम्म नाफा पाउँछन्। किसानलाई बेच्दा ५० रुपैयाँ पनि नाफा नपाउने भएपछि उनीहरूले बजारमा लगेका हुन्।

सहकारी संस्थाले वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया प्रतिबोरा ७ सय र डीएपी २ हजार १ सय रुपैयाँमा लिने गरेका छन्। पर्साको पोखरिया नगरपालिका–९ सेमरवारीबर्वाको ताजा कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट असोज २ गते खरिद गरेको एक सय बोरा युरिया मल जितपुर बजारका व्यापारीलाई बिक्री गरेको पुष्टि भएको छ। सहकारीले अनुदानको मल व्यापारीलाई बिक्री गरेको पाइएको कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जका प्रमुख गोविन्दप्रसाद पराजुलीले बताए।

सहकारीका अध्यक्ष ताज हुसेनले किसानलाई नदिएर बजारमा बिक्री गरेको स्विकारेका छन्। ‘गाउँमा किसानले मल नपाएको गुनासो आएपछि संस्थाका अध्यक्ष हुसेनलाई हामीले कार्यालयमा बोलायौं’, पराजुलीले भने, ‘सुरुमा त उनले आनाकानी गरे। केरकार गर्दा व्यापारीलाई बिक्री गरेको स्विकारे।’ अनुदानको मल व्यापारीलाई बिक्री गरेको पुष्टि भएपछि उक्त सहकारीलाई मल दिन बन्द गरिएको पराजुलीको भनाइ छ।

पर्सामा ९६ वटा कृषि सहकारी संस्था छन्। ती संस्थामार्फत कृषि सामग्री कम्पनी लिमिटेडले किसानलाई अनुदानको मल सहुलियत दरमा उपलब्ध गराउँदै आएको छ। कार्यालयबाट सरकारी अनुदानको मल लगेका कृषि सहकारी संस्थाले किसानलाई बेचेको विवरण सम्बन्धित वडाध्यक्षबाट प्रमाणीकरण गरेपछि मात्र अर्को पटक सहकारी संस्थालाई वितरण गरिन्छ। कृषि सामाग्री कम्पनीले कृषि सहकारी संस्थालाई युरिया मल प्रतिबोरा ७ सय र डीएपी २ हजार १ सय रुपैयाँमा बिक्री गर्छ।

कृषि सहकारी संस्थाले भने किसानलाई युरिया मल बोराको अधिकतम ८ सय र डीएपी अधिकतम २ हजार २ सय रुपैयाँमा बिक्री गर्नुपर्ने प्रावधान छ। पर्साका केही कृषि सहकारी संस्थाले कृषि सामग्री कम्पनीबाट खरिद गरेर लगेको मल आफ्नो कार्य क्षेत्रका किसानलाई बिक्री नगरी बाराको जितपुर बजारमा बेच्दै आएका छन्। बजारमा विपिन तिवारी, रन्जित र नारायण नामका तीन व्यापारीले सहकारीबाट मल खरिद गरेका छन्। ती व्यापारीले सहकारी संस्थाका सञ्चालकबाट युरिया मल बोराको ९ सय देखि १ हजार मूल्यमा किन्छन्। अनि ट्याक्टरमा मल लोड गरेर सीधै जितपुर बजारमा पुर्याउँछन्।

व्यापारीले सहकारीबाट प्रतिबोरामा एक सय मूल्य थप गरेर खरिद गर्छन्। कृषि सामग्री वीरगन्जका एक कर्मचारीले भने, ‘किसानलाई बिक्री गर्दा ५० रुपैयाँ पनि आउँदैन। तर व्यापारीबाट एक बोरामा दुई सयदेखि ३ सयसम्म फाइदा लिन्छन्।’ तीन दर्जन सहकारीले अनुदानको मल किसानलाई नदिएर बजारमा बिक्री गर्दै आएको ती कर्मचारीले बताए।

कृषि सामग्री कम्पनीको तथ्यांकअनुसार पर्साका किसानलाई वितरण गर्न भन्दै सहकारी सस्ंथाले भदौ २९ देखि असोज ४ गते सम्म १९ हजार ५ सय ५० बोरा (९ हजार ७ सय ७५ क्विन्टल) युरिया लगिसकेका छन्। डीएपी मल भने ५ सय ७० बोरा (२ सय ८५ क्विन्टल) वितरण गरिएको छ। किसानबाट मल नपाएको गुनासो आउन थालेपछि वितरण प्रक्रियामा अहिले थप कडाइ गरिएको कार्यालय प्रमुख पराजुलीले बताए।

‘सिफरिसपत्रसहित मल लिन आउने सहकारी संस्थाका सञ्चालकसँग वडाअध्यक्ष र प्रमुखको नाम र नम्बर पनि लिने गरेका छौं’, पराजुलीले भने, ‘सहकारीले गोदामबाट मल लिएर हिँडेलगत्तै सम्बन्धित वडाध्यक्ष र पालिका प्रमुखलाई म आफैंले फोन गरेर मल आएको जानकारी गराउँछु।’ यसअघि धान रोपाइँका बेला पनि पर्साका किसानले रासायनिक मल पाउन सकेका थिएनन्। अन्नपुर्णपोष्ट दैनिकबाट