३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

नेप्से परिसूचक ओरालो

नेप्से परिसूचक ओरालो
अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४.९८ अङ्कले घटेर एक हजार १४०.७१ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ परिसूचक ०.४३ अङ्कले घटेर २४९.७८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममा पनि सुस्तता आएको छ । आज कूल १६१ कम्पनीका सात लाख ८५ हजार ७४० कित्ता शेयर रु २० करोड ३२ लाख ८७ हजार २३७ मा खरिद बिक्री भयो ।

आज कारोबार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर मात्र बढेको छ । सामूहिक लगानी कोष ०.०५ र अन्य उपसमूहको शेयर ६.०४ अङ्कले बढेको छ ।

त्यस्तै बैङ्किङ ४.५७, होटल ४९.८८, विकास बैंक ६.३४, जलविद्युत् ७.२४, फाइनान्स ०.७९, निर्जीवन बीमा ४८.८२, उत्पादन १७.४१, माइक्रोफाइनान्स २.३९ र जीवन बीमा ५४ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा आज बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रह्यो । बैंक अफ काठमाडौँको संस्थापक शेयर रु दुई करोड २२ लाख ८४ हजार १६० मा खरिद बिक्री भयो । यस्तै बैंक अफ काठमाडौँको रु एक करोड ९१ लाख ८२ हजार १३४, युनाइटेड फाइनान्सको रु एक करोड ५८ लाख ३४ हजार ६२०, सिद्धार्थ बैंकको रु एक करोड आठ लाख ८६ हजार ५९५ र शिवम् सिमेन्टस् लिमिटेडको शेयर रु एक करोड दुई लाख ४६ हजार ५९ मा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक घटेपनि नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयरधनीले ६.३८ प्रतिशतले कमाए । यस्तै आँखुखोला जलविद्युत् कम्पनी ५.६६, युनाइटेड फाइनान्स कम्पनी ३.३१, सिन्धु विकास बैंक ३.३१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए ।

हिमालयन पावर पार्टनरका लगानीकर्ताले ५.३६ प्रतिशतले गुमाउँदा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ५.०५, सेन्ट्रल फाइनान्स कम्पनी ४.३८, एनएलजी इन्स्योरेन्स कम्पनी ४.३३ र नाङ्दी ग्रुप पावरका शेयरधनीले ३.९२ प्रतिशतले गुमाए ।