४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न सुझाव

तयार भयो चिया क्षेत्र अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउन र तेस्रो मुलुकमा बजार विस्तार गर्न सुझाव
अ+ अ-

काठमाडौं । नेपालको चिया क्षेत्रमा देखिएका समस्या समाधान तथा निर्यात प्रवर्द्धनका लागि गठित विशेष अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ।

मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले दुई साताको छोटो अवधिमै अध्ययन सम्पन्न गरी प्रतिवेदन तयार पारेको हो। कार्यदलले नेपाली चियाको प्रमुख बजार भारतमा हाल लागू भएका नयाँ व्यवस्थाबाट उत्पन्न चुनौतीहरूको विश्लेषण गर्दै तत्काल, मध्यकालीन र दीर्घकालीन सुधारका उपायहरू सिफारिस गरेको छ।

प्रतिवेदन बुझ्दै मन्त्री यादवले चिया क्षेत्रको सुधार तथा निर्यातमा देखिएका नीतिगत र व्यावहारिक अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले कार्यदलले दिएका सुझावहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने पनि उल्लेख गर्नुभयो।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा २० हजार ६०२ हेक्टर क्षेत्रफलमा चिया खेती भई २ करोड ६१ लाख किलोग्रामभन्दा बढी तयारी चिया उत्पादन भएको थियो। उत्पादित चियामध्ये १५ हजार ५९९ मेट्रिक टन, करिब ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो। कुल निर्यातमध्ये ८६.७७ प्रतिशत हिस्सा भारततर्फ गएको तथ्यांकले नेपाली चिया निर्यात भारतीय बजारमा अत्यधिक निर्भर रहेको देखाएको छ।

तर, भारत सरकारले १ मे २०२६ देखि टी बोर्डमार्फत अनिवार्य गुणस्तर परीक्षणसम्बन्धी नयाँ निर्देशिका (एसओपी) तथा एफएसएसएआईको परिपत्र लागू गरेपछि नेपाली चिया निर्यातमा गम्भीर अवरोध सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ।

प्रयोगशाला परीक्षणमा हुने ढिलाइ, उच्च परीक्षण शुल्क तथा सीमामा हुने रोकावटका कारण चिया उद्योगी, निर्यातकर्ता, साना किसान र मजदुर प्रत्यक्ष रूपमा प्रभावित भएको कार्यदलले जनाएको छ।

यस्ता समस्याको दीर्घकालीन समाधानका लागि प्रतिवेदनले भारतसँग आवश्यक कूटनीतिक पहल गरी निर्यातमा देखिएका अवरोध हटाउन, स्वदेशमै गुणस्तर परीक्षण प्रणाली सुदृढ गर्न, नेपाली चियाको ब्रान्ड प्रवर्द्धन गर्न तथा भारतमा निर्भरता घटाउँदै तेस्रो मुलुकमा निर्यात बजार विस्तार गर्न सरकारलाई सुझाव दिएको छ।