३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं २ मा पाँच लाख पर्यटक भित्र्याउने तयारी



अ+ अ-

लहान । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ । भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरुलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज गर्न लागेको हो । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यो प्रदेशमा पर्यटकीय क्षेत्रहरु धेरै रहेपनि एकीकृत दस्तावेज नहुँदा त्यसबारे सबैलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको भ्रमण वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झाले जानकारी दिए।

प्रदेश नं २ को सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सयौँ सङ्ख्यामा धार्मिक र पर्यटकीय क्षेत्र छन्, तर वास्तविक सङ्ख्या एकिन नहुँदा पर्यटकलाई लोभ्याउन सकिने पर्यटकीय क्षेत्रहरुसमेत ओझेलमा परेको छ, संयोजक झाले भने, “पर्यटकलाई आकर्षित गर्न कुन–कुन पर्यटकीय क्षेत्र तथा धार्मिकस्थलहरु उपयुक्त हुन्छ र त्यस्ता पर्यटकीय क्षेत्रहरु कतिको सङ्ख्यामा छन् भन्ने कुराहरु पत्ता लगाउन एकीकृत दस्तावेज तयार गर्न लागेका छौँ ।”

यसरी तयार गरिने एकीकृत दस्तावेज प्रदेश नं. २ का ८ वटै जिल्लाका प्रमुख शहरमा रहेका होटल तथा लजहरुमा प्रचार–प्रसारका लागि राखिने उनको भनाइ छ । यस्तै भ्रमण वर्षलाई दृष्टिगत गरी प्रदेश नं २ का आठै जिल्लाको शहरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । महोत्तरीबाट शुरु गरिएको सरसफाइ अभियान प्रदेश नं २ को सबै जिल्लाका प्रमुख शहरमा लैजाने र त्यसका लागि सरकारकारवालाहरुसँग अन्तरक्रिया गरिरहेको संयोजक झाले बताए ।

सरकारले कार्यविधि र बजेट उपलब्ध नगराउँदा भ्रमण वर्षको तयारीमा केही कठिनाइ भइरहे पनि भ्रमण वर्षलाई लक्षित गरी प्रदेश सरकारको सहयोगमा कार्यक्रम अघि बढाएको संयोजक झाको भनाइ छ ।