२५ असार २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन… प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव खड्काको जिल्लामा प्रभावशाली नेताहरुले गरे अध्यावधिक, म्याद थप्न माग सडकका जोखिमपूर्ण विद्युतीय पोल हटाउन र अव्यवस्थित प्लटिङ नियन्त्रण गर्न सांसद पाण्डेको माग निर्माण क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष, सभामुखलाई विशेषाधिकार तत्काल प्रयोग गर्न जाँचबुझ समितिको सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिनियर प्रहरी अधिकृतको काज–सरुवाबारे फैलाइएका समाचार भ्रामक : नेपाल प्रहरी



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत केही सिनियर प्रहरी अधिकृतहरूको काज तथा सरुवासम्बन्धी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचार, टिप्पणी र विश्लेषणप्रति ध्यानाकर्षण भएको जनाएको छ।

बिहीबार जारी प्रेस विज्ञप्तिमा नेपाल प्रहरीले उक्त काज तथा सरुवा नियमित प्रशासनिक प्रक्रिया, प्रचलित कानुनी व्यवस्था र स्थापित प्रशासनिक प्रणालीअनुसार गरिएको स्पष्ट पारेको छ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाले २०८३ असार १८ र १९ गते जारी गरेको पत्रका आधारमा सम्बन्धित प्रहरी अधिकृतहरूको काज तथा सरुवा गरिएको उल्लेख गर्दै नेपाल प्रहरीले यो प्रक्रिया कुनै विशेष घटना, अनुसन्धान, उजुरी वा अन्य कुनै विषयसँग सम्बन्धित नभएको जनाएको छ। विज्ञप्तिअनुसार यो नियमित कर्मचारी व्यवस्थापनको क्रममा गरिएको प्रशासनिक निर्णय मात्र हो।

नेपाल प्रहरीले तथ्य र आधिकारिक जानकारीबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने जनाएको छ।

यस्ता अपुष्ट, भ्रामक र तथ्यहीन सूचनाको पछि नलाग्न नेपाल प्रहरीले सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अनुरोध गरेको छ।

प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा नेपाल प्रहरी कानुनी व्यवस्था, पारदर्शिता, निष्पक्षता तथा स्थापित प्रशासनिक प्रणालीको पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।