१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण क्षेत्रका समस्या समाधानबारे प्रधानमन्त्रीले व्यवसायीसँग छलफल गर्दै



अ+ अ-

काठमाडाैँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने कार्यक्रम रहेको छ।

छलफलमा निर्माण क्षेत्रले भोगिरहेका वर्तमान समस्या, आयोजना कार्यान्वयनमा देखिएका चुनौती, भुक्तानी व्यवस्थापन, नीतिगत सुधार तथा निर्माण व्यवसायलाई प्रभावकारी र सहज बनाउन आवश्यक उपायका विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।




भर्खरै