१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३०.०९ अङ्कले घट्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अङ्कले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ४२ अङ्कले घटेर १५४ दशमलव ५८ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर रु चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूह घट्यो भने एक उपसमूह बढ्यो । आज २५ कम्पनीको सेयर बढ्यो भने २४७ कम्पनीको सेयर घट्यो ।

नेप्सेका अनुसार सिटिजन बैंक डिबेञ्चर, एनएमबी डिबेञ्चर, प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने कर्पाेरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।