३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकारका काम सफलतातर्फ उन्मुखः महासचिव पौडेल

सरकारका काम सफलतातर्फ उन्मुखः महासचिव पौडेल
अ+ अ-

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठपर्वको अवसरमा आज रुपन्देहीको मणिग्राममा आयोजना गरेको शुभकामना कार्यक्रममा उहाँले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षासहित सरकारका काम कारवाहीलाई आगामी दिनमा अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना बताएको समेत बताउनुभयो ।

महासचिव पौडेलले वर्तमान सरकारलाई कुनै पनि अवस्थामा असफल हुने छुट नरहेको उल्लेख गर्दै सरकार असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँछन् भन्नुभयो । कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उहाँले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहेको बताउनुभयो । महासचिव पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई मेगासिटीको रुपमा विकास गरिने उल्लेख गर्दै यस क्षेत्रमा सञ्चालित विकासका ठूला आयोजना सम्पन्न भएपछि आमूल परिवर्तन आउनेसमेत बताउनुभयो ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजान र गलत भएको भए खबरदारी गर्न कार्यकर्तालाई आग्रह गर्नुभयोे । नेकपाले प्राप्त गरेको सफलताबाट अत्तालिएकाले सरकारका विरुद्ध भ्रम फैलाउने कोसिस भइरहेकोसमेत उहाँले बताउनुभयो ।

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पङ्क्तिमा उत्साह थपिएको उल्लेख गर्नुभयो ।